१० भदौ २०८३, बुधबार | August 27, 2026

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड



काठमाडौँ । पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले शान्तिसैनिकको सुरक्षामा जोड दिएको छ ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार लेबननमा कार्यरत संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजको सुरक्षा सुनिश्चित हुनुपर्नेमा नेपालले जोड दिएको हो ।

हालै दक्षिणी लेवनानमा भएको आक्रमण तीन जना शान्ति सैनिक घाइते भएको घटनालाई लिएर राष्ट्रसङ्घका सदस्य मुलुकसँगै नेपालले उनीहरूप्रति दृढ समर्थन जनाउँदै सुरक्षामा जोड दिएको हो ।

नेपालले शान्तिसैनिक कहिल्यै आक्रमणको लक्ष्य हुनु हुँदैन भनेको छ । साथै सरकारले संयुक्त राष्ट्रका कर्मचारीहरूविरुद्ध भएका आक्रमणहरूको कडा निन्दा गरेको छ भने घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ ।

नेपालसहित विश्वसमुदायले सम्बद्ध सबै पक्षलाई अधिकतम संयमित हुन, अन्तरराष्ट्रिय कानुनको सम्मान गर्न तथा सम्बन्धित सुरक्षा परिषद् प्रस्तावनाहरूको पूर्ण रूपमा कार्यान्वयन गर्न आह्वान पनि गरेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  ११ : ३० बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट