११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

बाँकेमा आज थपिए ४६ जना संक्रमित, वडा प्रहरीका ७० प्रतिशत प्रहरीलाई संक्रमण, दङ्गाबाट झिकाईयो प्रहरी जनशक्ति



नेपालगन्ज । बाँकेमा वडा प्रहरी कार्यालयका ३० जना प्रहरी सहित आईतबार ४६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा वडा प्रहरीका ईन्चार्ज प्रहरी निरिक्षक सहित ३० जना प्रहरी कर्मचारी र अन्य सर्वसाधारण गरि ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि वडा प्रहरी कार्यालयका प्रहरीलाई कोरोना भाइरस देखिएपछि वडा सिल गरेर ४१ जनाको स्वाव संकलन गरिएको थियो । ४१
प्रहरीको नमुनामा प्रहरी निरिक्षक सहित ३० जनामा संक्रमण देखिएको हो । वडा प्रहरीबाट थुनुवा तथा प्रहरीका कन्ट्याक्ट ट्रेसिङमा परेका ८० जनाको स्वाव संकलन गरिएको थियो । ५६ जना कार्यरत रहेको वडा प्रहरी कार्यालयमा ३५ जना भन्दा बढीलाई संक्रमण पुष्टि भएपछि झण्डै वडा प्रहरी कार्यालय नै खाली हुने अवस्था सिर्जना भएको छ । जिल्ला प्रहरी कार्यालयमा पर्याप्त जनशक्ति रहेकाले वडा खालि हुँदैमा जिल्लाको सुरक्षामा असर नपर्ने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नायव प्रहरी उपरिक्षक सुवास खड्काले बताए ।

वडामा संक्रमित भएकै संख्यामा दङ्गा नियन्त्रण प्रहरी गणबाट थप प्रहरी जनशक्ति बोलाएर सुरक्षाको ब्यवस्था मिलाईएको बाँके प्रहरी प्रमुख ओमबहादुर रानाले बताए ।

आज पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुको परीक्षणमा यो संख्या अझै थपिन सक्ने आँकलन गरिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ९ : ४६ बजे

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र