१७ आश्विन २०८०, बुधबार | October 4, 2023

राखेपको नयाँ नेतृत्वलाई बक्सिङ संघको स्वागत



काठमाडौं । नेपाल बक्सिङ संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) नवनियुक्त पदाधिकारी र सदस्यहरुको सम्मानमा आइतबार स्वागत तथा बधाइ कार्यक्रम सम्पन्न गरेको छ ।

बधाई तथा स्वागत कार्यक्रममा उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल तथा सदस्यद्वय अर्जुनबहादुर केसी र सुभास श्रेष्ठलाई बक्सिङ संघका अध्यक्ष राम अवालेले मायाको चिनो प्रदान गरी कार्यकाल पूर्ण सफलताका लागि शुभाकामना दिएका थिए ।
स्वागत कार्यक्रममा बोल्दै राखेप उपाध्यक्ष कोइरालाले आवश्यकताका आधारमा राष्ट्रिय खेल संघको अस्तित्व स्वीकार गर्न जरुरी भएको बताउदै संघहरुको वर्गाीकरण गर्न आवश्यक रहेको बताए ।

सदस्य–सचिव सिलवालले कुनैपनि खेलको विकासका लागि तल्लो तहदेखि नै खेलाडी पहिचान र खेलकुदको विकास गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा बक्सिङका ओम्पियन त्रय राविराज थापा, उमेश मास्के र नरेन्द्र पुमा संघ आवद्ध सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ११ : २१ बजे

बुटवल उपमहानगरपालिकालाई २ दर्जन सुझावसहित एमालेको ध्यानाकर्षण पत्र

बुटवल । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले विभिन्न २४ बुँदे

झडपमा तीन सुरक्षाकर्मीसहित १३ घाइते, नेपालगन्जमा सेना परिचालन

नेपालगन्ज । बाँकेको नेपालगन्जमा जारी निषेधाज्ञाका क्रममा आज केही स्थानमा

CNI suggests IMF not to influence Nepal’s policy making

Kathmandu: The Confederation of Nepalese Industries (CNI) has suggested the

अर्थमन्त्री र एमसीसीका सीईओबीच भेट

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महत र अमेरिकी सहयोग परियोजना

चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं । सरकारले चाडपर्वमा खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव