२१ आश्विन २०८३, बुधबार | October 7, 2026

आजको मौसम देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं । मनसुनी न्युन चापीय रेखा हाल पश्चिमी नेपालको दक्षिण तर्फ रहेको छ । हाल देशका अधिकांश भू–भागहरुमा समान्यदेखि पूर्ण बदली रहेको छ भने सबै प्रदेशहरुका केही स्थानहरुमा बर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज विहान ५ः३० बजे मापन भएको तथ्यांक अनुसार पछिल्लो १ घण्टामा कैलाली र कञ्चनपुर जिल्लामा मध्यमदेखि भारी वर्षा भएकोले त्यस क्षेत्र भएर बहने चौधर, सुहेली, मोहना, खुटिया, कान्द्रा लगायतका साना खोलाहरुमा आकस्मिक रुपमा जल सतह बढ्न सक्ने र डुबान हुनसक्ने होचा क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशका अधिकांश भू–भागमा सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ६ : ५३ बजे

संसदीय टोली विपद् प्रभावित क्षेत्रको अवलोकन गर्दै

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

मुस्ताङ । मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर

वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित

कांग्रेसको बन्दसत्र सबैका लागि खुला, प्रत्यक्ष प्रसारण गरिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द