२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

७ जिल्लामा सीडीओ फेरिए, सहसचिव र उपसचिवको पनि सरुवा



काठमाडौं । सरकारले विभिन्न सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसहित केहि सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ ।

गृहमन्त्रालयले विभिन्न ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १६ जना सहसचिव र उपसचिवहरुको सरुवा तथा पदस्थापना गरेको छ ।

गृह मन्त्रालयमा कार्यरत केही सहसचिव र उपसचिवहरुलाई प्रमुख जिल्ला अधिकारी बनाएर जिल्लामा पठाइएको हो ।

मन्त्रालयका अनुसार गृह मन्त्रालयका सहायक प्रवक्ता उमाकान्त अधिकारी म्याग्दीमा प्रजिअ बनेका छन् भने गृहमा कार्यरत सन्तबहादुर सुनारलाई दैलेखको प्रजिअ बनाइएको छ ।

सहसचिव उमेश बस्नेत रौतहटका प्रजिअ बनेका छन् ।

मन्त्रालयले मुस्ताङमा हिरादेवी पौडेल , प्यूठानमा खिमराज भुसाल, मनाङमा ध्रुव गिरी र रुकुम पूर्वमा राजकुमार राईलाई प्रजिअमा सरुवा गरेको छ ।

अन्य १६ जना उपसचिव र सहसचिवहरुको पनि सरुवा र पदस्थापन गरिएको छ । मन्त्रलयले ३ जना सहसचिवको काज सरुवा गरेको छ भने २ जना उपसचिवको पदस्थापन र ३ जना उप सचिवको सरुवा गरेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ९ : ४१ बजे

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद