७ आश्विन २०८३, बुधबार | September 23, 2026

७ जिल्लामा सीडीओ फेरिए, सहसचिव र उपसचिवको पनि सरुवा



काठमाडौं । सरकारले विभिन्न सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसहित केहि सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ ।

गृहमन्त्रालयले विभिन्न ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १६ जना सहसचिव र उपसचिवहरुको सरुवा तथा पदस्थापना गरेको छ ।

गृह मन्त्रालयमा कार्यरत केही सहसचिव र उपसचिवहरुलाई प्रमुख जिल्ला अधिकारी बनाएर जिल्लामा पठाइएको हो ।

मन्त्रालयका अनुसार गृह मन्त्रालयका सहायक प्रवक्ता उमाकान्त अधिकारी म्याग्दीमा प्रजिअ बनेका छन् भने गृहमा कार्यरत सन्तबहादुर सुनारलाई दैलेखको प्रजिअ बनाइएको छ ।

सहसचिव उमेश बस्नेत रौतहटका प्रजिअ बनेका छन् ।

मन्त्रालयले मुस्ताङमा हिरादेवी पौडेल , प्यूठानमा खिमराज भुसाल, मनाङमा ध्रुव गिरी र रुकुम पूर्वमा राजकुमार राईलाई प्रजिअमा सरुवा गरेको छ ।

अन्य १६ जना उपसचिव र सहसचिवहरुको पनि सरुवा र पदस्थापन गरिएको छ । मन्त्रलयले ३ जना सहसचिवको काज सरुवा गरेको छ भने २ जना उपसचिवको पदस्थापन र ३ जना उप सचिवको सरुवा गरेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ९ : ४१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई