१९ आश्विन २०८३, सोमबार | October 5, 2026

गैर आवासीय नेपाली संघद्वारा संचालित एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आइपिओ मंगलबार बाँडफाँड हुने



काठमाडौं । गैर आवासीय नेपाली संघबाट संचालित एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई जारी गरेको साधारण सेयरको बाँडफाँड साउन २७ गते मंगलबार  हुने भएको छ ।

कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटलले मंगलबार विहान ९ बजे सेयर बाँडफाड गर्ने जनाएको हो । कम्पनीले प्रतिकित्ता १०० अंकितका दरले करिब ३४ करोड रुपैंया बराबरको कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि छुट्टाएको थियो भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता शेयर कर्मचारीहरूका लागि छुट्टाएको थियो ।

यस्तै बाँकी ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । साधारण सेयरको लागि ४ लाख २८ हजार १५३ जना आवेदकबाट १ अर्ब ६५ करोड ६७ लाख ६० हजार रुपैयाँ बराबरको आवेदन परेको थियो जसमा १ करोड ६५ लाख ६७ हजार ६०० कित्ताको माग भएको छ। यो माग भन्दा ५.२४ गुणा बढी हो ।

सेयरको माग हेर्दा कम्पनी गैर आवासीय नेपाली संघबाट संचालित भएको हुनाले लगानीकर्ता आकर्षित भएको बुझिन्छ ।

 

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ७ : १७ बजे

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङो पहिलो विदेश भ्रमण भारत हुने

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौं । भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण

रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित

झलनाथले छाडे नेकपा, हरिबोलको साथमा खोले ‘समाजवादी जागरण अभियान’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता झलनाथ खनालले नेकपा