१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

रुपन्देहीमा थपिए एकै दिन २२ जना संक्रमित, प्रदेश राजधानी बुटवलमा ३ जनामा संक्रमण



बुटवल । केहि दिन केहि सुस्त देखिएको प्रदेश ५ को राजधानी रुपन्देहीमा सोमबार २२ जना कोरोना संक्रमित थपिएका छन्। रुपन्देहीका बुटवल उपमहानगरपालिकामा समेत गरि सिद्धार्थनगर, तिलोत्तमा, देवदह नगरपालिका तथा मायादेवी गाउँपालिकाका गरी २२ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

जनस्वास्थ्य कार्यालय रुपन्देहीका कारोना फोकल पर्शन केदार शाहले सिद्धार्थनगर नगरपालिकाका ७ जना, तिलोत्तमा नगरपालिकाका ५ जना, बुटवल उपमहानगरपालिकाका ३ जना र मायादेवी गाउँपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको बताए । शाहका अनुसार ३ जनाको ठेगाना खुलेको छैन ।

सोमबार पुष्टि भएका संक्रमितमा सिद्धार्थ सिमेन्ट उद्योगमा कार्यरत ७ जना, बुटवल उपमहानगरको देवीनगर, प्रगतिनगर तथा ज्योतिपथका १,१ जना गरि ३ जना र तिलोत्तमाका मंगलापुर र जानकीनगरका २ जना हुन्। २२ जना मध्य ३ जना क्वारेन्टिन बसिरहेका व्यक्ति भएको शाहले बताए।

आज पुष्टि भएका सबैको बुटवलमा निजी क्षेत्रबाट सञ्चालन भएको नेशनल प्याथल्याबमा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि हो। उनीहरु ल्याबमा आफै शुल्क तिरेर परीक्षण गराउन गएका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १० : ३७ बजे

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)

बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर

आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता

काठमाडौ। नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र साउदीको

कांग्रेसद्वारा काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ उपत्यकाभित्रका १५ निर्वाचन क्षेत्रका