२२ कार्तिक २०८३, आइतबार | November 9, 2026

कांग्रेसद्वारा काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र सार्वजनिक



काठमाडौँ । नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ उपत्यकाभित्रका १५ निर्वाचन क्षेत्रका उम्मेदवारले ‘काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र’ सार्वजनिक गरेका छन् ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलको उपस्थितिमा आज तीनवटै जिल्लाका उम्मेदवारहरुको ‘भर्चुअल’ सहभागितामा प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो । प्रतिज्ञापत्रमा तीनवटै जिल्लालाई एउटै सहरका रुपमा लिइ स्थान विशेषका मौलिक विशिष्टतालाई ध्यानमा राख्दै एकीकृत सहरी विकास योजना तर्जुमा गरिएको छ ।

काठमाडौँ उपत्यकालाई विश्वको सफा, सुन्दर, विकसित, आधुनिक, सुशासित एवं जीवन्त सहरका रुपमा विकास गरिने प्रतिज्ञापत्रमा उल्लेख छ । उपत्यकाको बहन क्षमता बमोजिम सहरको व्यवस्थापन गर्दै वृहत्तर सङ्घीय राजधानी पुनःसंरचना योजना कार्यान्वयन गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई सृदृढ एवं सक्षम बनाइने बताइएको छ ।

उपत्यकाको सडक यातायातलाई सहज, व्यवस्थित र अनुमानयोग्य बनाउन एकीकृत सहरी यातायात तथा स्मार्ट मोबिलिटी नीति अवलम्बन गर्दै ‘मास ट्रान्सपोर्ट’सहितको सडक पूर्वाधार निर्माण तथा यातायात व्यवस्थापन गर्दा पैदलयात्री, साइकलयात्री तथा सबै नागरिकको आवश्यकतालाई विशेष ध्यान दिँदै ‘बास्केटबल सिटी’का रुपमा विकास गरिने बताइएको छ ।

उपत्यकाभित्रको प्रदूषण नियन्त्रणका लागि एकीकृत मापदण्ड तयार पार्नुका साथै सार्वजनिक तथा पुरातात्विक स्थलको संरक्षण तथा व्यवस्थापनका लागि एकीकृत योजना बनाइ कार्यान्वयनमा ल्याइने बताइएको छ । उपत्यकाका नदीको संरक्षण, शुद्धिकरण तथा सौन्दर्यीकरणको एकीकृत योजना कार्यान्वयनमा ल्याउँदै आसपासका निकुञ्ज, सार्वजनिक वन तथा पार्कहरुलाई संरक्षण गर्दै आरोग्य जीवनशैलीका लागि उचित योजना कार्यान्वयन गर्ने प्रतिज्ञापत्रमा उल्लेख छ ।

शिक्षा क्षेत्रलाई समयसापेक्ष, प्रविधिमैत्री र व्यावहारिक बनाउन आवश्यक गुणस्तरीय शिक्षामा सहज पहुँच सुनिश्चित गर्नुका साथै स्वास्थ्य सेवालाई सर्वसुलभ, गुणस्तरीय एवं प्रविधिमैत्री बनाइ समग्र स्वास्थ्य प्रणालीलई विश्वस्तरीय बनाउँदै लगिने उल्लेख छ । उपत्यकाको एकीकृत भू–उपयोग नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउँदै सहरी पूर्वाधार, भवन संहिता तथा ढल व्यवस्थापनसहितको पुनरुत्थान गुरुयोजना बनाइ कार्यान्वयनमा ल्याउने तथा विपद् व्यवस्थापनका लागि पूर्वचेतावनीसहितका कमाण्ड सेन्टर सञ्चालनमा ल्याउने बताइको छ ।

बढ्दो बेरोजगारी, गरिबी तथा असमानता घटाउन रोजगारीका अवसर सिर्जना गर्ने, युवालक्षित रोजगारी तथा डिजिटल प्रविधि एवं आइटीसँग जोडिएका उद्यमका विशेष कार्यक्रम सञ्चालन गर्ने, सामाजिक सुरक्षाका प्याकेजमार्फत गरिबी निवारण तथा विद्यमा असमानता कम गरी उपत्यकावासीको जीवन सहज बनाउने, सुकुम्बासी र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न विशेष योजना कार्यान्वयनमा ल्याउने बताइएको छ ।

उपत्यकाको खानेपानी समस्याको दिगो समाधान गर्न कम्तीमा आगामी ५० वर्षको जनसंख्यालाई ध्यानमा राखेर वृहत्तर योजना निर्माण गर्दै भूमिगत जलसतहको अवस्था सम्बोधन गर्ने गरी जलभण्डारण तथा जलपुर्नभरण योजना तर्जुमा गरी कार्यान्वयन गरिने उम्मेदवारहरुको प्रतिज्ञापत्रमा उल्लेख छ ।

कांग्रेसबाट काठमाडौँ निर्वाचन क्षेत्र नं–१ मा प्रबल थापा, २ मा कविर शर्मा, ३ मा रमेश अर्याल, ४ मा सचिन तिमल्सिना, ५ मा प्रदीप पौडेल, ६ मा कृष्णसबुज बानियाँ, ७ मा प्रमोदहरी गुरागाईं, ८ मा सपना राजभण्डारी, ९ मा नानु बाँस्तोला र निर्वाचन क्षेत्र नं–१० मा हिमाल कार्की उम्मेदवार छन्।

यस्तै भक्तपुर–१ मा किरण न्यौपाने र २ मा कविर राणा तथा ललितपुर १ मा उदयशम्शेर राणा, २ मा प्रेमकृष्ण महर्जन र ३ मा जीतेन्द्रकुमार श्रेष्ठ उम्मेदवार छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  ७ : ५८ बजे

लक्ष्मीपूजाको दिन एक हजार ८१३ मेगावाट विद्युत् माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन विद्युतको

नेपालगन्जको बिजुली पसलमा आगलागी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित एक बिजुली पसलमा आगलागी भएको

फूल बेचेरै तिहार खर्चको जोहो

नेपालगन्ज । बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार खर्चको

सयपत्री फूलबाट वार्षिक चार लाख आम्दानी

गुल्मी । बढ्दो बसाईसराईका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाँझिँदै

घोप्टेभिरको पहिरो पन्छाएर पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो