१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता



काठमाडौ। नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको लागि सम्झौता सम्पन्न भएको छ ।

यहि माघ २७ मा साउदी अरबको राजधानी रियादमा सम्पन्न एक विशेष कार्यक्रमबिच सम्झौतामा आइएमईका अध्यक्ष हेमराज ढकाल र टिक्मोका प्रबन्ध निर्देशक अब्दुलअजीज अज्लान अल्अज्लान ले हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा साउदीको लागि नेपालको एक्टिङ एम्बेसडर सिर्जना अधिकारी , आइएमईका कार्यकारी अधिकृत दिवाकर पौड्याल तथा आइएमई र टिक्मोका उच्चाधिकारीहरुको उपस्थिति रहेको थियो । यो सम्झौता केवल एउटा कानुनी हस्ताक्षर मात्र नभएर दुई राष्ट्रको साझा डिजिटल भविष्यको रहेको दुवै पक्षको भनाइ रहेको छ ।

साउदी अरब हाल आफ्नो भिजन २०३० मार्फत नगदरहित समाजतर्फ लम्किरहेको छ। अर्कोतर्फ नेपालमा पनि डिजिटल वित्तीय पहुँच अब एउटा लक्ष्य मात्र नभई यथार्थ बन्दै गएको छ। यस्तो अवस्थामा रेमिट्यान्स क्षेत्रको विश्वसनीय नाम IMEर प्रविधिमा आधारित डिजिटल इकोसिस्टम TIQMO बीचको सहकार्यले अरबको मरुभूमि र हिमालयको देश नेपालबीचको दूरीलाई थप कम गरेको छ।

नेपाल र साउदी अरबको सम्बन्धलाई दशकौंदेखि केवल शारीरिक श्रम र परम्परागत रकम पठाउने माध्यमका रूपमा मात्र हेरिने गरिन्थ्यो तर यो साझेदारीले एउटा डिजिटल वित्तीय कोरिडोर निर्माण गरेको छ जसले आर्थिक स्थिरता, डिजिटल सशक्तीकरण र सहज आबद्धतालाई प्रस्तुत गरेको छ ।

सम्झौता क्रममा रियादमा देखिएको IME को त्यो रातो रङ केवल एउटा ब्रान्ड मात्र नभएर नेपालीहरूको भरोसा र राष्ट्रिय गौरवको प्रतीक हो। TIQMO सँगको सहकार्यले साउदीको जुनसुकै कुनाबाट पठाएको रकम उत्तिकै सुरक्षा र सम्मानका साथ नेपाल पुग्ने सुनिश्चितता प्रदान गरेको छ।
आइएमई र TIQMO बीच रियादबाट सुरु भएको यो यात्राले भविष्यमा वित्तीय कारोबारलाई सहज र विश्वाससिलो बनाउने लक्ष्य राखेको छ।

सम्झौता भएसंगै आइएमईले TIQMO मार्फत आइएमई गरौ, उपहार जितौं योजना सार्वजनिक गरेको छ । यहि पौष २१ देखि चैत्र १७ सम्म सन्चालन मा रहने यो योजना अन्तर्गत साउदी अरबमा रहेका नेपालीहरुले टिक्मो TIQMO एप प्रयोग गरेर आइएमई मार्फत पैसा पठाउँदा विभिन्न उपहारहरु जित्ने अवसर रहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  ८ : ४५ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को