७ आश्विन २०८३, बुधबार | September 23, 2026

जसपाले प्रधानमन्त्रीमाथि लगाएको ‘व्यक्तिगत गालीगलौज’ निन्दनीय : प्रधानमन्त्रीको सचिवालय



काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीबारे अशिष्ट र पूर्वाग्रही टिप्पणी गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस नोट जारी गर्दै जसपाको निर्णयलाई कुण्ठाग्रस्त गालीगलोज र दिवालियापन भन्दै निन्दा गरेका छन् ।

थापाले ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने जसपाको टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका छन् ।

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि साउन २५ गते जारी विज्ञप्तिमा ‘प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ व्यक्तिगत आक्षेपयुक्त गम्भीर टिप्पणी गरिएको थियो । विज्ञप्तिमा प्रधानमन्त्री ओलीले ‘देशभित्र विभाजनको बीउ रोप्ने कार्य गरेको उल्लेख छ ।

थापाको प्रेस नोटमा लेखिएको छ, ‘राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुन्छन्, जसलाई स्वाभाविक नै मानिन्छ । त्यसै आधारमा यस स्तरको अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ रु सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर होला ।’

पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत जिम्मेदारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलोज मात्र हो र सोचको दिवालियापन नै हो’ थापाले लेखेका छन् ।

प्रेस नाेट
‘जनता समाजवादी पार्टी नेपाल’ले हालै जारी गरेकाे विज्ञप्तिकाे एक अंशप्रति गंभीर ध्यानाकर्षण भएकाे छ ।

सम्माननीय प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा रहेकाे “…केपी आेली सरकारकाे कुनै ठाेस कार्ययाेजना नरहेकाे र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजाेर रहेकाे…” भन्ने टिप्पणी अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक छ ।

पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीकाे समेत ज़िम्मेदारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरकाे तरिका खासमा कुण्ठाग्रस्त गालीगलाेज मात्र हो र सोचको दिवालियापन नै हाे ।

राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुन्छन्, जसलाई स्वाभाविक नै मानिन्छ । त्यसै आधारमा यस स्तरकाे अपसंस्कारकाे प्रदर्शनबाट कहाँ पुगिन्छ ? सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर हाेला ।

सिद्धान्त, नीति र कार्यक्रममा बहस गर्न नसक्ने निरूपाय व्यक्तिहरू नै आफ्नाे स्वार्थका राेटी सेक्न नपाउँदा ऑंखा चिम्लेर अँध्याराे देख्छन् र उज्यालाेकाे भर्त्सनामा जुट्छन् ।

जहाँसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई आलाेचना, विराेध र गालीगलाेज गरिएकाे सन्दर्भ हाे, याे कुनै नाैलाे कुरा हाेइन । आफ्नाे निहीत स्वार्थ पूरा गर्न उहाँलाई बाधक देख्नेहरूले विगत छ दशकयता यसाे गर्दै आएकाे तथ्य स्पष्ट नै छ । त्यस्ता तत्वहरू इतिहासकाे गर्तमा सीमित भइसकेका छन् । अरूबाट निर्देशित कदम, गलत नीति, विचार र व्यवहारले काेही कसैलाई सफलता हासिल हुँदैन भन्ने जगजाहेर छ ।
शीशाकाे घरमा बसेर ढुंगा हान्नेहरू आफै असुरक्षित र पतन हुनु अनिवार्य छ ।

जागृति, चेतना, संस्कार र सदाचारका मानकहरू सम्बन्धित व्यक्तिअनुरूप नै व्यवहारमा अभ्यास गरिने र भिन्नाभिन्नै हुने यथार्थ हरेक समाजका सचेत व्यक्तिलाई अवगत नै रहिआएकाे छ ।

राजनीतिक दलहरूले आफ्ना धारणा र विमति प्रष्ट्याउने गरी सरकारकाे अालाेचना र विराेध गर्न सक्छन् । तर राष्ट्रपति, प्रधानमन्त्री र जिम्मेवार पदाधिकारीविरूद्द प्रयाेग गरिने अपमानजनक, तथ्यहीन,भ्रामक र गैरजिम्मेवार भाषाप्रति गंभीर आपत्ति प्रकट गर्नैपर्छ, जाे सभ्य समाजकाे मूल्य र मानक विपरित रहेका छन् । तसर्थ: जसपाको औपचारिक विज्ञप्तिमा प्रमप्रति प्रयोग गरिएकाे भाषा निन्दनीय रहेकाेतर्फ सम्बन्धित सबैलाई स्पष्ट गर्दछु ।

सूर्य थापा
प्रधानमन्त्रीका प्रेस सल्लाहकार
२७ साउन २०७७

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १० : ३९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई