१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

बाँकेमा जेल भित्रै आइसोलेसन, कोरोना नदेखिएका कैदीबन्दीलाई दैलेख र बर्दिया सारियो



नेपालगन्ज । बाँकेमा सुरक्षाकर्मी, कैदीबन्दी र कारगार आसपासमा पनि कोरोना संक्रमण दिन प्रतिदिन बढ्न थालेपछि कोरोना पुष्टि नभएका महिला कैदीबन्दी र थुनुवालाई दैलेख र बर्दिया जिल्ला कारागारमा सारिएको छ ।

बाँके कारागारमा क्षमता भन्दा अधिक कैदीबन्दी र थुनुवाको चाप रहेको तथा कारागार भित्रै संक्रमण भेटिएपछि कारागारमा रहेका महिला कैदीबन्दी र थुनुवाहरुलाई अन्यत्र जिल्लामा सारिएको हो । बाँकेमा रहेको कारागारको केहि भागलाई आइसोलेसन बनाएर संक्रमितको उपचार गर्ने कारागार प्रशासनले व्यवस्थापन गरेको छ ।

स्थानीय प्रशासनसंगको समन्वयमा कारागार प्रशासनले महिला कैदीबन्दीलाई दैलेख र थुनुवालाई बर्दिया जिल्ला कारागारमा सारिएको छ ।

बाँके कारागारका जेलर देबेन्द्रमान श्रेष्ठका अनुसार बाँके कारागारमा रहेका महिला कैदीबन्दी र उनका आश्रीत नाबालक गरी ३१ जना दैलेख कारागार पाठाईएको छ भने १५ जना थुनुवा र एक नावालक आश्रीत गरी १६ जनालाई बर्दिया जिल्ला कारागारमा पठाईएको छ ।

२ सय ५० पुरुष र ५० जना महिला गरी ३ सयको कैदीबन्दीको क्षमता रहेको बाँके कारगारमा हाल दोब्बर बढी ७ सय ७० पुरुष र ४५ महिला र दुई आश्रित नावालक गरी ८ सय १७ जना कैदीबन्दी र थुनुवा थिए ।

महिला कैदीबन्दीलाई अनेत्र सारेर महिला कारागारलाई कैदीबन्दीहरुको आईशोलेशन बनाउने तयारी भएको जेलर श्रेष्ठले बताए । महिला कैदीबन्दीहरुलाई विषेश सुरक्षाको प्रबन्ध मिलाई दैलेख र बर्दिया पठाईएको छ ।

कारागारमा रहेका कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ्बाट अझै संक्रमित थपिन सक्ने सम्भावनालाई आँकलन गर्दै कैदीबन्दी र थुनुवालाई अन्यत्र पठाईएको श्रेष्ठले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ७ : २९ बजे

कांग्रेसद्वारा काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ उपत्यकाभित्रका १५ निर्वाचन क्षेत्रका

लुम्बिनीमा एमाले बहुमतसहित पहिलो शक्ति बन्छ : विष्णु पौडेल

बुटवल । विष्णु पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

कुनै दलसँग चुनावी समीकरण हुँदैन : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न

दाङ-२ का लागि एमाले महासचिव पोखरेलद्वारा पाँच संकल्प सार्वजनिक

दाङ । दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार

‘तारा’ चिन्हमा मतदान गर्न नेकपाको अपिल (पूर्णपाठसहित)

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनमा आफ्नो पार्टी र