२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

आजको मौसम : देशभर सामान्य बदली, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । मनसुनी न्युन चापीय रेखा हाल पश्चिमी नेपाल नजिक दक्षिण तर्फ रहेको छ । हाल देशका अधिकांश भू–भागहरुमा समान्यदेखि पूर्ण बदली रहेको छ भने सबै प्रदेशहरुका केही स्थानहरुमा हल्का बर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज विहान ३ बजे मापन गरिएको तथ्यांक अनुसार पछिल्लो ३ घण्टामा कुशुम, नेपालगञ्ज, खजुरा, नौवस्ता लगायत बाँकेका धरैजसो स्थानमा अतिभारी बर्षा भएको छ ।

मानखोला र डुडुवाखोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको छ । त्यस्तै राप्तीमा जलसतह बढ्ने, बाँकेका डुवान भईरहने होचा स्थानमा डुबानको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले चेतावनी जारी गरेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं ५ , गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुका साथै प्रदेश नं १, प्रदेश नं २ र कर्णाली प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशभर सामान्य वदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बाग्मती प्रदेश, प्रदेश नं ५ र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ६ : ४८ बजे

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिबीच समसामयिक

चुनावी समीक्षा बैठकमा बोल्दाबोल्दै एमाले केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज

बढ्न थाल्यो तापक्रम, काठमाडौंमा २५ डिग्री पुग्दा नेपालगन्जमा ३२

काठमाडौं । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८