१९ आश्विन २०८३, सोमबार | October 5, 2026

बुटवलमा एकै रात कोरोनाबाट २ जनाको मृत्यु, लक्षण सहितका संक्रमित बढ्दै



बुटवल । गम्भिर प्रकृतिका बिरामी देखिएसँगै प्रदेश ५ मा कोरोनाका कारण मृत्यु हुने क्रम पनि सुरु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत २ जना कोरोना संक्रमितको गएराती मृत्यु भएको छ । कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षिय पुरुषको मंगलबार राती मृत्यु भएको हो ।

सघन उपचारमा रहेका ७ जना संक्रमित मध्य २ जनाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताए ।

कोरोना भाइरसको लक्षण देखिएर यही साउन २५ गते भर्ना भएका कपिलवस्तुका ४२ वर्षिय पुरुषमा २५ गते नै पिसीआर परिक्षणमा कोरोना पोजिटिभ देखिएको थियो। उनको अवस्था गम्भिर भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

कपिलवस्तुकै २५ वर्षिय युवाको गएराती नै कोरोना बिशेष अस्पतालमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। मंगलबार नै कोरोनाको लक्षण देखिएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पतालबाट कोरोना बिशेष अस्पतालमा लगेर भेन्टिलेटरमा राखिएको थियो । मध्यरातीबाट समस्या बढेदै गएपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकको पीसीआर रिपोर्ट नआएपनि अस्पतालले कोरोनाकै मापदण्डमा राखेर उपचार गरेकाले कोरोनाबाट मृत्यु भएको भन्न सकिने प्रवक्ता गौतमले बताए ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ८ : ४७ बजे

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङो पहिलो विदेश भ्रमण भारत हुने

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौं । भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण

रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित

झलनाथले छाडे नेकपा, हरिबोलको साथमा खोले ‘समाजवादी जागरण अभियान’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता झलनाथ खनालले नेकपा