२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

भदौ ४ गतेदेखि ६३ लाख कित्ता साधारण सेयर(आईपीओ) निष्काशन गर्दै रिलायन्स लाइफ इन्स्योरेन्स



काठमाडौ । रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि भदौ ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। इन्स्योरेन्सले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ६३ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।

जारी पूँजीको ३० प्रतिशत अर्थात ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने कम्पनीले जनाएको छ । निष्काशन गरिने कुल सेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाएको छ ।

यस्तै ५ प्रतिशत कर्मचारीहरुका लागि छ भने बाँकी ५६ लाख ७० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ६३ हजार कित्तासम्म आवेदन दिन पाउनेछन।

इन्स्योरेन्स कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड तोकेको छ लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ्ग दिएको छ। यसले इन्स्योरेन्सको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको देखाउँछ । इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ रहेको छ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब ४७ करोड रूपैयाँ रहेको छ जुन संस्थापक शेयरधनीबाट कायम गरिएको हो । आईपीओ निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १० करोड पुग्नेछ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ११ : ३२ बजे

सरकारले तोक्यो विद्युतीय सवारीको भाडा दर, कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौँ । विद्युतीय शक्तिबाट सञ्चालन हुने सार्वजनिक सवारीमा कम खर्च

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद