४ पुस २०८२, शुक्रबार | December 19, 2025

दुई दिनअघि मृत्यु भएका महोत्तरी मठिहानीका पुरुषमा कोरोना संक्रमण पुष्टि, दाहसंस्कारमा गएका ५० जना होम क्वारेन्टिनमा



जनकपुर । महोत्तरीका एक जना कोरोना संक्रमितको जनकपुरमा मृत्यु भएको छ ।

महोत्तरीको मठिहानी नगरपालिका वडा नं. ६ निवासी ४५ वर्षीय पुरुषको उपचार गर्दा गर्दा जनकपुरको जानकी हेल्थ केयरमा दुई दिन अघि मृत्यु भएको हो ।

तर, मृत्युपछि स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । मंगलबार महोत्तरीमा थपिएका ११ जना कोरोना संक्रमितमध्ये एक ति मृतक थिए ।

मधुमेह र फोक्सोका संक्रिमित ती व्यक्तिको शव जलाइसकिएको छ । मृतकको दाहसंस्कारमा करिब ५० जना व्यक्तिहरु सहभागी भएका थिए । ति सबैलाई क्वारेन्टिनमा बस्न मटिहानी नगरपालिकाले आग्रह गरेको छ ।

वडा नं. ६ र मठियानी बजार क्षेत्रलाई पुरै सिल गरिएको छ ।

यससँगै महोत्तरीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

यसैगरी, बुधबारै काठमाडौंको किष्ट अस्पतालमा अर्का एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाराको कलैया घर भएका ७७ वर्षीय पुरुषको उपचारकै क्रममा बुधबार बिहान ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

दम तथा मुटुका रोगी मृतक वृद्धलाई २६ गते राति त्रिवि शिक्षण अस्पतालले किष्ट अस्पतालमा रिफर गरेको थियो ।

किष्ट अस्पतालमै मंगलबार राति काठमाडौंको टेकुकी ७८ वर्षीया महिलाको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ३ : २० बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म