२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

दुई दिनअघि मृत्यु भएका महोत्तरी मठिहानीका पुरुषमा कोरोना संक्रमण पुष्टि, दाहसंस्कारमा गएका ५० जना होम क्वारेन्टिनमा



जनकपुर । महोत्तरीका एक जना कोरोना संक्रमितको जनकपुरमा मृत्यु भएको छ ।

महोत्तरीको मठिहानी नगरपालिका वडा नं. ६ निवासी ४५ वर्षीय पुरुषको उपचार गर्दा गर्दा जनकपुरको जानकी हेल्थ केयरमा दुई दिन अघि मृत्यु भएको हो ।

तर, मृत्युपछि स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । मंगलबार महोत्तरीमा थपिएका ११ जना कोरोना संक्रमितमध्ये एक ति मृतक थिए ।

मधुमेह र फोक्सोका संक्रिमित ती व्यक्तिको शव जलाइसकिएको छ । मृतकको दाहसंस्कारमा करिब ५० जना व्यक्तिहरु सहभागी भएका थिए । ति सबैलाई क्वारेन्टिनमा बस्न मटिहानी नगरपालिकाले आग्रह गरेको छ ।

वडा नं. ६ र मठियानी बजार क्षेत्रलाई पुरै सिल गरिएको छ ।

यससँगै महोत्तरीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

यसैगरी, बुधबारै काठमाडौंको किष्ट अस्पतालमा अर्का एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाराको कलैया घर भएका ७७ वर्षीय पुरुषको उपचारकै क्रममा बुधबार बिहान ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

दम तथा मुटुका रोगी मृतक वृद्धलाई २६ गते राति त्रिवि शिक्षण अस्पतालले किष्ट अस्पतालमा रिफर गरेको थियो ।

किष्ट अस्पतालमै मंगलबार राति काठमाडौंको टेकुकी ७८ वर्षीया महिलाको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ३ : २० बजे

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम