२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

बुधबार थपिए ४८४ जना नयाँ कोरोना संक्रमित, काठमाडौं उपत्यकामा मात्रै १३८ थपिए



काठमाडौं । नेपालमा पछिल्ला केहिदिन यता कोरोना भाइरसका संक्रमित तिब्र गतिमा बढिरहेका छन् । संक्रमित बढेसँगै मृत्यु हुनेको संख्या पनि रफ्तारमै बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४८४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१० हजार ४८१ जनामा गरिएको पीसीआर परीक्षणमा ४८४ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।

सबैभन्दा धेरै काठमाडौं उपत्यकामै थपिएका छन् । काठमाडौंमा मात्रै १०९ जना थपिएका छन् भने ललितपुरमा २१ जना र भक्तपुरमा ८ जना संक्रमित थपिएका छन् ।

डिस्चार्ज हुनेको संख्या हालसम्म १६ हजार ७२८ पुगेको छ । पछिल्लो २४ घण्टामा जम्मा ६४ जना संक्रमित निको भएर घर फर्किका छन् । यो ६८ दशमलव ४ प्रतिशत हो ।

यसैगरी, देशभरका क्वारेन्टिनमा बस्नेहरुको संख्या पनि बढेको छ । बुधबार १४ हजार ८४६ जना व्यक्तिहरु क्वारेन्टिनमा रहेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ४ : ३३ बजे

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम