२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

रातोमाटे–बतासे–काभ्रे हुँदै जाने सडक अझै अवरुद्ध



काभ्रे । दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकामा पर्ने रातोमाटे–बतासे–काभ्रे हुँदै जाने सडक खण्ड अझै अवरुद्ध छ ।
गत साउन ५ र ६ गते आएको अविरल वर्षात्का कारण यहाँ ठूलो पहिरो खसेर सडक अवरुद्ध भइरहेको हो ।

सो सडकखण्ड विस्तार, मर्मत र पर्खाल लगाउने जिम्मा लिएको ठेकेदार कम्पनीले समयमै काम नसक्दा २५ दिनअघिदेखि ठूलो पहिराका कारण गाउँवासीले विभिन्न समस्या भोग्न बाध्य भइरहेको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले बताए ।

उनले भने, “यहाँ करीब ३०० मिटर लम्बाइ र ५०० देखि ६०० मिटर उचाइबाट पहिराको डल्लो नै खसेर गाउँवासीलाई आवतजावतमा समेत जोखिम भइरहेको छ ।”

सो सडकखण्ड निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले समयमै पहिरो हटाएर करीब ५० वटा जाली भरिदिएर पर्खाल लगाइदिएमा तत्कालै समस्या समाधान हुने दाहालले जानकारी गराए ।

यस्तै महाङ्कालमा बिजुली आउने र जानेक्रम भइरहने हुँदा वडा नं १ उन्यूचौरमा सबस्टेशन बनाई दक्षिण ललितपुरका तीन वटै गाउँपालिकामा वितरण गर्न सकिने दाहालको भनाइ छ ।

यहाँका गाउँपालिकामा नेटको खासै सुविधा नभएकाले विद्यालयस्तरका बालबालिकाका लागि वैकल्पिक शिक्षाको पहुँच पनि पु¥याउन नसकेकामा दाहालले दुःख व्यक्त गरे ।

वडा नं ३ गोटिखेलका २१ घर अझै पनि पहिराको जोखिममा रहेको वडाध्यक्ष गङ्गाराम तिमिल्सिनाले बताए । उनले भने, “यी २१ घरका परिवार पानी पर्दा अन्यत्र बास बस्न जाने र घाम लाग्दा आफ्नै घरमा बस्ने गरिरहेका छन् । गोटिखेलका तीनदेखि चार ठाउँका सहायक बाटो अवरुद्ध हुँदा टाढाटाढासम्म दूध र तरकारी बोकेर टाढासम्म लानुपर्ने बाध्यता अझैसम्म छ ।”

गोटिखेल क्षेत्रमा बिहानबेलुका दुई समय दूध भर्ने चलन रहँदा गाडी घुमाएर दुध लिन जाँदा र ल्याउँदा पनि बाटामै जम्ने गरेको तिमिल्सिनाले बताए ।

कोञ्ज्योसोम गाउँपालिकामा भने हाल पहिराले खासै समस्या पारेको छैन । गाउँपालिका विपत् व्यवस्थापन समितिले फेरि पानी परेर पहिरो जाने कुरालाई ध्यानमा राखी पहिरो हटाउन दुई स्काभेटर तयारी अवस्थामा राखेको उपाध्यक्ष मिङ्मा लामाले बताए ।

उनले भने, “वडा नं २ शङ्खु र ३ नं दलचोकी अन्य वडाभन्दा केही जोखिममा रहेकाले यहाँ प्राविधिक टोली पठाउने व्यवस्थासमेत गरिरहेका छौं ।”

वाग्मती गाउँपालिकामा भने हाललाई खासै समस्या नरहेको वडाध्यक्ष वीरबहादुर लोप्चनले बताए । मुलकभर असारदेखि आइरहेको अविरल वर्षात्का कारण ललितपुर जिल्लामा भने यस वर्ष आजसम्म कुनै मानवीय क्षति भएको छैन ।

ललितपुरका छ पालिकामध्ये यी तीन गाउँपालिका निकै दुर्गम क्षेत्रमा छन् । भौगोगिक विकटताका कारण ती गाउँपालिकाका एक वडाबाट अन्य वडामा जान घण्टौँ हिँड्नुपर्छ ।

एक वडाबाट अन्य वडामा जान घण्टौँ हिँड्नुपर्ने समस्या अन्त्य गराउन यहाँका सबै गाउँपालिकाले गाउँगाउँ सडक पु¥याउने उद्देश्यका साथ लगाएको डोजरका कारण पहिराको जोखिम भइरहेको स्थानीय जनताको भनाइ छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  १० : ५५ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात