१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

बिहीबार थपिए ५२५ जना कोरोना संक्रमित, हालसम्म संक्रमितको संख्या २४ हजार ९५७ पुग्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा ५२५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

९ हजार ८५९ जनामा गरिएको परीक्षणमा ५२५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।

संक्रमित मध्ये सबैभन्दा धेरै बिहीबार पनि काठमाडौं उपत्यकामै रहेका छन् । उपत्यकामा १२७ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १११ जना, ललितपुरमा ११ जना र भक्तपुरमा ५ जना रहेका छन् ।

हालसम्म संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ९५ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । मृत्यु दर प्रतिदशलाखमा ३ दशमलव ३ प्रतिशत पुगेको छ ।

देशभरका होम क्वारेन्टिनमा ४६६ जना व्यक्तिहरु रहेका छन् । देशभरका क्वारेन्टिनमा १४ हजार ७६९ जना व्यक्तिहरु रहेकाछन् ।

पछिल्लो २४ घण्टामा १०९ जना व्यक्ति कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छा् । हालसम्म १६ हजार ८३७ जना व्यक्ति निको भैसकेका छन् ।

नेपालमा अहिलेसमम् ४ लाख ८३ हजार २८ जनाको पीसीआर परीक्षण गरिएको छ । प्रति १० लाख जनसंख्यामा १६ हजार ५०३ पीसीआर परीक्षण भैरहेको प्रवक्ता गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ५ : २० बजे

कांग्रेसद्वारा काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ उपत्यकाभित्रका १५ निर्वाचन क्षेत्रका

लुम्बिनीमा एमाले बहुमतसहित पहिलो शक्ति बन्छ : विष्णु पौडेल

बुटवल । विष्णु पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

कुनै दलसँग चुनावी समीकरण हुँदैन : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न

दाङ-२ का लागि एमाले महासचिव पोखरेलद्वारा पाँच संकल्प सार्वजनिक

दाङ । दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार

‘तारा’ चिन्हमा मतदान गर्न नेकपाको अपिल (पूर्णपाठसहित)

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनमा आफ्नो पार्टी र