४ पुस २०८२, शुक्रबार | December 20, 2025

बिहीबार थपिए ५२५ जना कोरोना संक्रमित, हालसम्म संक्रमितको संख्या २४ हजार ९५७ पुग्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा ५२५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

९ हजार ८५९ जनामा गरिएको परीक्षणमा ५२५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।

संक्रमित मध्ये सबैभन्दा धेरै बिहीबार पनि काठमाडौं उपत्यकामै रहेका छन् । उपत्यकामा १२७ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १११ जना, ललितपुरमा ११ जना र भक्तपुरमा ५ जना रहेका छन् ।

हालसम्म संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ९५ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । मृत्यु दर प्रतिदशलाखमा ३ दशमलव ३ प्रतिशत पुगेको छ ।

देशभरका होम क्वारेन्टिनमा ४६६ जना व्यक्तिहरु रहेका छन् । देशभरका क्वारेन्टिनमा १४ हजार ७६९ जना व्यक्तिहरु रहेकाछन् ।

पछिल्लो २४ घण्टामा १०९ जना व्यक्ति कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छा् । हालसम्म १६ हजार ८३७ जना व्यक्ति निको भैसकेका छन् ।

नेपालमा अहिलेसमम् ४ लाख ८३ हजार २८ जनाको पीसीआर परीक्षण गरिएको छ । प्रति १० लाख जनसंख्यामा १६ हजार ५०३ पीसीआर परीक्षण भैरहेको प्रवक्ता गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ५ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको