१ चैत्र २०८२, आइतबार | March 15, 2026

पहिरो र कटानबाट दाना–खुर्कोट प्रसारण लाइनमा क्षति



म्याग्दी । म्याग्दीको अन्नपूर्ण–३ दानादेखि पर्वतको खुर्कोट जोड्ने निर्माणाधीन विद्युत् प्रसारण लाइनको टावरमा कटान र पहिरोले क्षति पु-याएको छ ।

कालीगण्डकी कोरिडोरअन्तर्गत नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको एक वटा टावर ढलेको छ भने चार वटा जोखिममा परेका छन् ।

धाइरिङको डिलबाट ठूला ढुङ्गासहित खसेको पहिरोले कुनातर्फको दुई वटा लेग (खुट्टा)मा लागेर जलजला गाउँपालिका–७ मिलनचोक स्थित १४ नम्बरको टावर ढलेको छ । नजिकका अन्य दुई वटा टावरमा असर पुगेको छ ।

टावर ढल्दा तीन करोड ५० लाख बराबरको क्षति भएको ठेकेदार कम्पनी टाटा–चिन्ट जेभीका प्रतिनिधि केदार रेग्मीले बताए । थप चार वटा टावर पहिरो र कटानका कारण जोखिममा परेका छन् । जलजला गाउँपालिका–२ टमिलाखर्कको टावर जोखिममा परेको छ ।

“महभिर, धिरच्याङ र दाना सवस्टेशन नजिकै कालीगण्डकीले कटान गरेर जोखिममा परेका टावर संरक्षणको काम भैरहेको छ”, आयोजनाका सहायक निर्देशक लक्षमण फुँयालले भने, “सवस्टेशनमा थप कटान हुन् नदिन संरक्षणको योजनाका लागि बोलपत्र आह्वान भइसकेको छ ।”

प्रसारण लाइनको टावर वरपरका क्षेत्रमा निर्माण गरिएका सडकका कारण क्षति भएको आयोजनाले जनाएको छ । सडक विस्तारका लागि खनिएको माटोको व्यवस्थापन नहुनु, भत्काएको ठाउँमा संरक्षण नभएका कारण प्रसारण लाइनमा असर पुगेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताए ।

नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा चार वर्षअघि शुरु गरेको ३९।६ किलोमिटर दूरीको दाना–खुर्कोट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ ।

११४ वटामध्ये पोखरे बगरका दुई वटाबाहेक सबै ठाउँमा टावर ठडाएर तारसमेत तानिएको छ । दुई अर्ब ९० करोड रुपैयाँमा ठेक्का सम्झौता भएको आयोजनाअन्तर्गत दाना र खुर्कोटको सवस्टेशनसमेत अन्तिम चरणमा पुगेको छ ।

कालीगण्डकी र आसपासका नदीमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न प्रसारण लाइन र सवस्टेशन बनाउन लागिएको हो ।

दोस्रो चरणमा खुर्कोटदेखि नवलपरासी जोड्ने प्रसारण लाइन र सवस्टेशनसमेत निर्माण शुरु भएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ९ : १५ बजे

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत

काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस

नेकपाले समानुपातिकतर्फ ९ सांसदको नाम आयोगमा पठायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने

चार दशमलव ४५ अङ्कले बढ्यो नेप्से

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

राप्रपाले टुंग्यायो समानुपातिकतर्फका ४ सांसदको नाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार जना