४ पुस २०८२, शुक्रबार | December 20, 2025

भारतीय महावाणिज्य दूतावासका कर्मचारीसहित पर्सा, बारा र महोत्तरीका ४८ संक्रमित



वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भारतीय महावाणिज्य दूतावासका कर्मचारीसहित बारा,पर्सा र महोत्तरीका थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा महावाणिज्यदूताबासका १ जना कर्मचारी रहेका छन् । यस्तै, वीरगञ्जका २४ जना, बाराका २१ जना, महोत्तरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । जसमध्ये ३६ जना पुरुष र १२ जना महिला रहेका छन् ।

कन्ट्याक्ट ट्रेसिङमा वीरगन्ज महानगरपालिकाका सबैभन्दा धेरै संक्रमित देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जनाए ।

संक्रमितहरु हुनेहरु नरायणी अस्पतालकै एक महिला चिकित्सक। र चार जना कर्मचारी पनि रहेका छन् । यस्तै वीरगन्जस्थि ग्लोबल आईएमई बैंकका ४३ वर्षीय एक जना पुरुष पनि संक्रमित भएको मेसु उपाध्यायाले बताए ।

यसैगरी, वीरगन्ज महानगरपालिका वडा नं ११ श्रीपुरका १ जना, वडा नं १० घडीअर्वा पोखरीका २ जना रहेका छन् । यस्तै, वडा नं २ छपकैयाका २ जना, वडा नं १३ राधेमाइका २ जना र वडा नं ४, ८, १४, १५, २५ का पनि एक एक जना संक्रमित रहेका छन् ।

यस्तै, बाराको जितपुर सिमरा उपमहानगरपालिकाका विभिन्न वडाका २० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, बाराकै विश्रामपुरका २४ बर्षका १ जना पुरुषमा पनि संक्रमण देखिएको छ ।

यसैगरी महोत्तरी जिल्ला जलेश्वरका ४ बर्षका १ जना बालक र ३७ बर्षकी १ जना महिलामा पनि संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

सबै संक्रमितहरुको स्वाब साउन २४ गतेदेखि २६ गतेसम्म संकलन गरिएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  १२ : ०२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको