१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

न्यूरोडका ब्यापारीमा कोरोना पुष्टि भएपछि काठमाडौको विशालबजार क्षेत्र बन्द



काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्रमा एक प्रतिस्थित व्यापारीमा कोरोना संक्रमण देखिएपछि न्यूरोडको जुद्धचौक देखि ईन्द्रचौक सम्मका सबै पसलहरु बन्द गरिएको छ ।

स्थानीय व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने न्यूरोडको जुद्ध सालिक देखि विशालबजार हुँदै इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको हो । काठमाण्डौ महानगरको २४ नम्बर वडा कार्यालयले शुक्रबारबाट लागु हुने गरी भदौ ७ गतेसम्म त्यसक्षेत्रका सबै पसलहरु बन्द गराएको हो ।

बिहिबार वडा कार्यालयले विज्ञप्ती जारी गर्दै न्यूरोड क्षेत्रमा कोरोना संक्रमण गर्नु आवश्यक रहेकाले साउन ३० गतेदेखि भदौ ७ गतेसम्म जुद्ध सालिकलदेखि इन्द्रचोकसम्मका पसल, व्यवसाय बन्द गर्न अनुरोध गरेको थियो ।

वडाको बिज्ञप्तिमा न्युरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्नुपर्ने अति आवश्यक देखिएको हुँदा उक्त क्षेत्रमा मिति २०७७ साउन ३० देखि भदौ ७ गतेसम्म जुद्ध सालिकदेखि इन्द्रचोकसम्म पसल व्यवसाय बन्द गरी कोरोना संक्रमण फैलिनबाट बच्नका लागि सहयोग गरिदिनुहुन अनुरोध गरेको छ ।

उपत्यकामा बिगत केहि दिन देखि प्रत्येक दिन १ सय बढीको संख्यमा संक्रमित थपिईरहेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ३ : ३१ बजे

कांग्रेसद्वारा काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ उपत्यकाभित्रका १५ निर्वाचन क्षेत्रका

लुम्बिनीमा एमाले बहुमतसहित पहिलो शक्ति बन्छ : विष्णु पौडेल

बुटवल । विष्णु पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

कुनै दलसँग चुनावी समीकरण हुँदैन : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न

दाङ-२ का लागि एमाले महासचिव पोखरेलद्वारा पाँच संकल्प सार्वजनिक

दाङ । दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार

‘तारा’ चिन्हमा मतदान गर्न नेकपाको अपिल (पूर्णपाठसहित)

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनमा आफ्नो पार्टी र