४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोराना संक्रमणबाट थप चार जनाको मृत्यु, हालसम्म ९९ जनाको गयो ज्यान



काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर उकालो लाग्दो क्रममा छ ।

शुक्रबार थप थप चार जनाको मृत्यु भएको रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ ।

पछिल्लो रिपोर्ट अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा बारा जिल्लाका दुई जना पुरुष रहेका छन् ।

यसैगरी मोरङका एक जना र सिराहाका एक जना पुरुषको पनि मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जनाएका छन् ।

उनीहरुको मृत्यु कहिले र कहाँ भयो भन्नेबारेमा भने शुक्रबार डा. गौतमले केही बताएनन् ।

यससँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

नेपालमा मृत्यु दर प्रति दशलाख जनसंख्यामा ३ दशमलव ४ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ४ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको