४ पुस २०८२, शुक्रबार | December 19, 2025

रोट्रयाक्टद्वारा ट्राफिक प्रहरीलाई मास्क र सेनिटाइजर वितरण



बुटवल । रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसले प्रदेश ट्राफिक कार्यलय बुटबलमा मास्क र सेनेटाइजर बितरण गरेको छ । कोभिड १९ को महामारीले सुरक्षामा जोखिम बढ्दै गएको महशुस गरी मास्क र सेनेटाइजर वितरण गरिएको क्लबका अध्यक्ष रमेश ढकालले बताएका छन् ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै रोटरी डिष्ट्रीकका पोलियो चेयर राजेन्द्र ढकालले रोट्रयाक्ट क्लव अफ बुटबल रामापिथेकसले स्थापना कालदेखि नै सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको बताए । उनले कोभिड १९ को महामारीबाट जोगिन सहज होस भन्ने उद्देश्यले सुरक्षा कर्मीहरुलाई मास्क, सेनेटाइजर वितरण गरिएको बताए।

प्रदेश टा«फिक कार्यलयका प्रहरी नायक उपरिक्षक डिल्ली नारायण पाण्डेले सुरक्षाकर्मीमाथि हुने जोखिलाई मास्क र सेनीटाइजरले केही सहयोग पराउने बताए । कार्यक्रममा रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसका संस्थापक अध्यक्ष सरोज पोखरेल, पूर्व अध्यक्ष साजन भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ५ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको