२१ भदौ २०८३, आइतबार | September 6, 2026

प्रहरी कार्यालयमा विचौलिया निषेध गर्न आइजिपी कार्कीको कडा निर्देशन



बुटवल । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सेवाग्राहीलाई समस्या पार्ने गरी कार्यालयहरुमा विचौलियाको प्रवेश रोक्न कडाई गर्न निर्देशन दिएका छन । सेवाग्राहीको नाममा प्रहरी कार्यालयहरुमा छिरेर बिलौलियाले रोटी सक्ने काम तत्काल रोक्न मुद्दा चल्ने कार्यालयहरुलाई आग्रह गरे ।

बुधबार इलाका प्रहरी कार्यालय बुटवलमा निर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको उद्घाटन गर्दै आइजिपी कार्कीले समस्या लिएर आउने नागरिकको निवेदन प्रहरी आफैले लेखिदिन आग्रह समेत गरे ।

समस्या लिएर आएका नागरिकको निवेदन लेखिदिने नाममा पैसा असुल्ने, खाजा खाने घुम्दै डुल्ने प्रवृत्ती आजैदेखि अन्त्य होस । कार्यालयमा लर्यसहरुले पनि भोलेन्टियर राखेर पनि निवेदन लेख्ने व्यवस्था मिलाउनुहोस ।’ पैसा नभएर खल्ती खाली हुनेको वास्तविक साहारा प्रहरी हुनुपर्ने आइजिपी कार्कीको भनाइ छ । अब पुरानो शैलीले होइन प्रहरीको बोली, बचन, व्यवहार र कार्यशैली प्ररिर्वतन गरिनुपर्छ । नागरिकका कुरा समयमा सुनेर समयमै सम्बोधनको प्रयत्न होस ।’ सडक प्रविधिमैत्री बनेपछि मात्रै प्रहरी अपराध नियन्त्रण गर्न सक्ने उनको भनाइ छ ।

प्रहरीहरु साधान र स्रोत कमजोर रहेर पनि जनताको सेवामा सबै प्रतिबद्ध रहेको बताउदै कार्कीले बर्तमान युगमा साधन र स्रोत बिना काम गर्न नसकिने उनको कार्कीले बताए । ‘२१ औं शताब्दीका नागरिकहरुले आधुनिक ग्याजेटसहरु बोकेका छौं । प्रविधिको प्रयोग गरेर अपराध गर्नेहरुको पनि उत्तिकै वृद्धि भइरहेको छ’ कार्कीले भने, ‘अब हाम्रा परम्परागत साधन स्रोतले मात्रले मात्र दिनानुदिन सहरीकरण तर्फ उन्मुख भएको समुदायलाई सोचेजस्तो सुरक्षा दिन चुनौतीपूर्ण छ । त्यसकारण सहरहरुलाई पनि प्रविधिमैत्री बनाउन आवश्यक छ । त्यसको लागि स्थानीय र प्रदेशले पनि ध्यान दिनुपर्छ ।’

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ७ : १३ बजे

परेवाभिरमा सडक मर्मत नसकिएपछि मलेखु-काठमाडौं सडक बन्द

काठमाडौं । मलेखु-काठमाडौं सडकखण्डअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ परेवाभिरमा सडक मर्मत

पहिरोले रोल्पाको सहिदमार्ग अवरुद्ध

रोल्पा । गएराती परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा । बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

हालान्डको गोलमा म्यानचेस्टर सिटीको लगातार तेस्रो जित

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आफ्नो विजयी यात्रा

भोटेकोशी बाढी : ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा भदौ १० गते आएको विनासकारी