१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले पारित गर्यो वार्षिक प्रतिवेदन



काठमाडौं । संसदको राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले वार्षिक प्रतिवेदन पारित गरेको छ । प्रतिवेदन आर्थिक वर्षको अन्तिमसम्म पारित गरिसक्नु पर्ने भएपनि कोरोना महामारीका कारण  पारित हुन सकेको थिएन ।

कोभिड महामारी र समिति सभापतिहरुको कार्यकाल सकिएका कारण समयमै प्रतिवेदन पारित गर्न नसकिएको समिति सभापति तारादेवी भट्टले बताइन ।

समितिको बैठक केही दिनका लागि स्थगित गरिएको जानकारी दिँदै भट्टले अवस्था सहज हुँदै गएपछि सरकारको निर्णयअनुसार आगामी बैठकको मिति तोकिने समेत बताइन ।

समितिले गत आर्थिक वर्षमा राष्ट्रिय गौरब तथा महत्वका आयोजनाहरुको अनुगमन गरी दिएका निर्देशनहरुको आंशिक रुपमा पालना भएको पाइएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

सडक जोखिम र दुर्घटना एवं धनजनको क्षति न्यूनिकरण गर्न लामो यात्रामा २ जना सवारी चालक राख्नुपर्ने, सवारी साधनमा परिचालक वा सहचालकको रुपमा बालश्रम निषेध गर्नुपर्ने, तोकिएको भाडादर टाँस लगायतका विषयलाई कार्यमुलक बनाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएकोमा आंशिक रुपमा कार्यान्वयन भएको प्रतिवेदनमा उल्लेख छ ।

सुपथ मूल्य पसललाई चाडपर्वको अतिरिक्त नियमित र दुर्गम क्षेत्रमा खाद्यन्नको मौज्दात तथा आपूर्ति व्यवस्थापनलाई गतिशिल बनाउने, कालोबजारी र कृत्रिम अभाव श्रृजना भएमा अबिलम्ब कारवाहीको प्रकृया अगाडी बढाउने उत्पादन मिति र उपभोग गर्न मिल्ने मिति लगायतका मूल्य टाँस गरी सामग्री बेचबिखन गर्ने सम्बन्धमा उद्योग मन्त्रालयलाई निर्देशनमा दिएकोमा सुधार भएको समितिले जनाएको छ ।

महामारीको समयमा सरकारलाई परीक्षण किट, आवश्यक उपकरण र सामग्री, स्वास्थ्यकर्मी, आइसोलेसन वार्ड, क्वारेन्टिन जस्ता महत्वपूर्ण सुरक्षाका पक्षमा ध्यान दिन सरकारलाई निर्देशन दिएर महत्वपूर्ण भूमिका खेलेको छ ।

विकास र सुशासनका क्षेत्रमा कार्यसम्पादनको प्रभावकारीताका लागि कार्यगत समन्वय र एकताको अभाव रहेको समितिले बताएको छ । दिगो विकास र सुशासनको कार्यान्वयनमा प्रतिवद्धता अभाव रहेको र समितिका निर्णय कार्यान्वयनमा सरोकारवालाहरु उदासिनता लगायतका चुनौतीहरु रहेको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रभावकारी कामका लागि भौतिक, प्राविधिक र वित्तिय स्रोत साधनके अभाव देखिएको समितिको भनाई छ । कार्यसम्पादनका क्रममा देखिएको चुनौतीहरुको समाधानका लागि समितिका निर्देशनलाई बाध्यकारी रुपमा कार्यान्वयनयोग्य बनाउन आवश्यक कानूनी, नीतिगत व्यवस्था गर्नुपर्ने सुझाव समितिको छ ।

राज्यको सम्भाव्यता र जनशक्तिको क्षमताबीचको तालमेल मिलाउनुपर्ने, नीति तथा योजनाको प्राविधिक, वित्तिय, प्रमाणिक र कार्यान्वयनशिलताको पक्षमा जोड दिनुपर्ने निष्कर्ष समितिले दिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ७ : ०२ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण