२३ बैशाख २०८१, आइतबार | May 5, 2024

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी



काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदराबादलाई ३५ रनले पराजित गरेको छ । २०७ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनायो ।

हैदराबादका शहबाज अहमदले ३७ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाए । अभिषेक शर्मा ३१, ट्राभिस हेड १, एडेन माक्ररमम र हेनरिक क्लासेन ७-७ रनमा आउट भए । प्याट कमिन्स १५ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा आउट भए ।

बेंगलोरका स्वप्निल सिंह, करण शर्मा र क्यामन ग्रीनले २/२ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा ७ विकेट गुमाउँदै २०६ रन बनायो । बेंगलोरका रजत पाटीदारले २० बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ५० रन बनाए ।

विराट कोहली ४३ बलमा ४ चौका र १ छक्कासहित ५१ रनमा आउट भए । फाफ डु प्लेसिस २५, विल ज्याक्स ६, महिपाल लोमरोर ७ र क्यामरन ग्रीनले २० बलमा ५ चौकासहित ३७ रन बनाए ।

हैदराबादका जयदेव उनादकटले ३, टि नटरजानले २, प्याट कमिन्स र मयंक मारकण्डेले १/१ विकेट लिए ।

बेंगलोर ९ खेलमा २ मा जितसहित ४ अंकका साथ पुछारमा छ । हैदराबाद ९ खेलमा ५ मा जितका साथ तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ८ : ०३ बजे

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच

जनता समाजवादी पार्टी फुट्यो

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन