४ पुस २०८२, शुक्रबार | December 20, 2025

भदौ १५ गतेसम्म काठमाडौंमा निषेधाज्ञा, आदेश विपरित कार्य गरे कडा कारवाही हुने



काठमाडौं । काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले काठमाडौं भर केही निश्चित क्षेत्रमा निषेधाज्ञा घोषणा गरेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट नराम्रोसँग प्रभावित बनेको काठमाडौंमा आजै शुक्रबार राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्म मानिसहरुलाई खुल्लास्थानमा भेला हुन, सभा जुलुस गर्न, जात्रा महोत्सव गर्न रोक लगाएको छ ।

एस्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम प्रशासनले निषेध गरेका क्रियाकलाप गर्न रोक लगाइएको छ ।

काठमाडौं उपत्यका तीन वटै जिल्लाका प्रमुख जिल्लाा अधिकारीहरुले शुक्रबार साँझ अलग अलग विज्ञप्ति जारी गर्दै गर्दै आदेश विपरितका गतिविधि भएमा ऐन बमोजिम कारवाही गर्ने चेतावनी दिएका छन् ।

ओदश अनुसार परिवार बोलाएर सांस्कृति गतिविधि पनि गर्न नपाइने भएको भने धार्मिक स्थलहरुमा दैनिक नित्य पूजाबाहेक अन्य धार्मिक गतिविधिमा रोक लगाइएको छ ।

यस्तै, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना, खेलकुद र खेल प्रस्तुति तथा पुस्तकालय सञ्चालनमा पनि १५ गतेसम्म रोक लगाइएको छ ।

टेक अवेबाहेकको अवस्थामा रेष्टुरेन्ट संचालन गर्न रोक लगाइएको छ । यस्तै, कवाडी संकलन गर्ने, फुटपाथ, खुल्ला ठाउँ र ठेलागाडा÷साइकल सञ्चालन हुने व्यवसायलाई पनि रोक लगाइएको छ ।

काठमाडौं उपत्यकाभित्र कोरोना भाइरसको संक्रमण दिनदिनै बढिरहेको छ । शुक्रबार मात्रै काठमाडौंमा ११९ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ८३ जना, ललितपुरमा ३० जना र भक्तपुरमा ६ जना रहेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ६ : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको