७ आश्विन २०८३, बुधबार | September 23, 2026

गोकर्णमा निर्माण भइरहेको निजामती स्मारक अन्तिम चरणमा



काठमाडौं । शिलान्यास भएको एक दशकपछि बल्ल निजामती स्मारकको काम अन्तिम चरणमा पुगेको छ ।

निजामती दिवसको अवसर पारेर विसं २०६८ भदौ १९ गते तत्कालीन मुख्यसचिव माधवप्रसाद घिमिरेले राष्ट्रिय शहीद स्मारक निर्माणस्थल गोकर्णस्थित यज्ञडोल (जगडोल) सामुदायिक वनमा निजामती पार्क शिलान्यास गरेका थिए।

शिलान्यासको एक दशकपछि निजामती स्मारक निर्माण अन्तिम चरणमा पुगेको यज्ञडोल सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देलले राससलाई जानकारी दिए । ।

शिलान्यासपछि त्यसै वर्ष असोज १५ गते मुख्यसचिव घिमिरेको अध्यक्षतामा बसेको सचिवहरुको बैठकले निजामती स्मारक निर्माण सम्पन्न भएपछि विशिष्ट श्रेणीका पदाधिकारीले स्मारकमा माल्यार्पण गरेर फर्केपछि मात्र पदबहाली गर्ने भनी निर्णय गरेको थियो । यो निर्णय विसं २०६८ चैत ७ गते सरोकार भएका निकायमा जानकारीका लागि पत्राचार गरिएको थियो ।

स्मारक निर्माण अन्तिम चरणमा पुगेपछि राष्ट्रिय शहीद तथा शान्ति एवं निजामती (स्मारक), यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कसरी सञ्चालन गर्ने त्यसको तयारी गर्न भनी पत्राचार गरेको छ ।

त्यसबेलाका कागजात मन्त्रालयमा पत्र प्राप्त भएपछि सरोकार भएका निकायसँग छलफल भइरहेको सामान्य प्रशासन मन्त्रालय कर्मचारी कल्याण शाखा प्रमुख तुलसी दाहालले जानकारी दिए ।

यस वर्ष निजामती दिवसका अवसरमा भदौ २२ गतेको कार्यक्रम नै निजामती स्मारकमै गर्ने गरी तयारी गर्न समितिका तर्फबाट सामान्य प्रशासन मन्त्रालयलगायत सरोकार भएका निकायलाई ध्यानाकर्षण गराइएको छ ।

विसं २०६४ जेठ ११ गते मन्त्रिपरिषद्ले राणाशासनको अन्त्यदेखि पछिल्लो परिवर्तनसम्म शहादत प्राप्त गर्ने शहीदको सम्मानमा काठमाडौँको गोकर्णमा राष्ट्रिय शहीद तथा शान्ति पार्क (स्मारक) सँगै निजामती पार्क पनि निर्माण गर्ने निर्णय गरेको थियो । निर्णय भएको डेढ दशकसम्म पनि शहीद स्मारक सम्पन्न हुन सकेको छैन ।

सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा निर्माण भइरहेका धेरै संरचनाको ७० प्रतिशत काम सकिएर पनि अलपत्र बनेकै बेला आयोजना हेर्ने शान्ति तथा पुनःनिर्माण मन्त्रालय खारेजीमा परेपछि आयोजना थप अन्योलमा थियो ।

गत वर्षदेखि शहरी विकास मन्त्रालयले आयोजना हेर्ने निर्णय भएपछि हाल फेरि काम शुरु भएको छ । काम शुरु भएसँगै निजामती स्मारक अन्तिम चरणमा पुगको हो ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ८ : १४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई