२४ मंसिर २०८२, बुधबार | December 10, 2025

नारायणी नदीले जलसतह सतर्कता तह पार गर्यो, सतर्क रहन आग्रह



चितवन । नारायणी नदीले जलसतह सर्तकता तह पार गरेको छ । देबघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको हो ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार चितवनको देवघाट र नारायणगढ पुल क्षेत्रमा बाढीको बहाव उच्च मापन गरिएको छ ।

तमोर नदीको बाढी घट्ने क्रममा रहे पनि नारायणी नदीको बाढी भने बढ्दो क्रममा छ । देवघाटमा मध्याह्न १२ बजेर ५ मिनेटमा गरिएको मापन अनुसार बाढी उर्लिएर ७.६२ मिटर माथि पुगेको छ ।

देवघाटमा ७.३ मिटरसम्म सतर्कताको तह र ८ मिटर पुगेमा खतराको तह मानिन्छ । नदीको बहाव खतरा तह आसपास पुग्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जलसतहले सतर्कताको तह पार गरेकोले चितवन र नवलपरासीको नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन ।

नदीको सतह बढ्दो क्रममा रहेकाले नदी किनारमा माछा, मार्ने, दाउरा टिप्ने जस्ता कार्य नगर्न उनले आग्रह गरे । नदीको सतह बढेसँगै नदी किनारमा हेर्ने, सेल्फी फोटो÷भिडियो खिच्ने जस्ता कार्य गर्दा समेत होसियारी अपनाउन उनले आग्रह गरे ।

नदीले सर्तकता तह पार गरेसंगै चितवन र नवलपरासीको तटिय क्षेत्रमा दिउँसो सम्मै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  १ : ३९ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर