७ आश्विन २०८३, बुधबार | September 23, 2026

नारायणी नदीले जलसतह सतर्कता तह पार गर्यो, सतर्क रहन आग्रह



चितवन । नारायणी नदीले जलसतह सर्तकता तह पार गरेको छ । देबघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको हो ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार चितवनको देवघाट र नारायणगढ पुल क्षेत्रमा बाढीको बहाव उच्च मापन गरिएको छ ।

तमोर नदीको बाढी घट्ने क्रममा रहे पनि नारायणी नदीको बाढी भने बढ्दो क्रममा छ । देवघाटमा मध्याह्न १२ बजेर ५ मिनेटमा गरिएको मापन अनुसार बाढी उर्लिएर ७.६२ मिटर माथि पुगेको छ ।

देवघाटमा ७.३ मिटरसम्म सतर्कताको तह र ८ मिटर पुगेमा खतराको तह मानिन्छ । नदीको बहाव खतरा तह आसपास पुग्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जलसतहले सतर्कताको तह पार गरेकोले चितवन र नवलपरासीको नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन ।

नदीको सतह बढ्दो क्रममा रहेकाले नदी किनारमा माछा, मार्ने, दाउरा टिप्ने जस्ता कार्य नगर्न उनले आग्रह गरे । नदीको सतह बढेसँगै नदी किनारमा हेर्ने, सेल्फी फोटो÷भिडियो खिच्ने जस्ता कार्य गर्दा समेत होसियारी अपनाउन उनले आग्रह गरे ।

नदीले सर्तकता तह पार गरेसंगै चितवन र नवलपरासीको तटिय क्षेत्रमा दिउँसो सम्मै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  १ : ३९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई