२४ मंसिर २०८२, बुधबार | December 10, 2025

करार कर्मचारीको भरमा कार्यालय सञ्चालन



तनहुँ । समयोजनपछि जिल्लास्थित विषयगत कार्यालय र स्थानीय तहमा कर्मचारी अभाव भएपछि सेवा प्रवाहमा समस्या भएको छ  ।

कर्मचारी अभावका कारण सरकारी सेवा लिन स्थानीयवासीलाई घण्टौं कुर्नुपर्ने बाध्यता भएको छ  । घरेलु तथा साना उद्योग कार्यालय तनहुँ अहिले करार कर्मचारीको भरमा सञ्चालन भइरहेका छन् । कार्यालयमा हाल रहेका छ कर्मचारीमध्ये कार्यालय प्रमुख मात्रै स्थायी कर्मचारी छन् । बाँकी सबै करारका कर्मचारी छन् ।

सात जनाको दरबन्दी रहेको सो कार्यालयमा छ जना कार्यरत रहेका छन् । त्यसमा पनि कार्यालय प्रमुखबाहेक सबै करारका कर्मचारी रहेको सो कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कार्यालय सहयोगी दुई, पाँचौँ तहका एक, चौथो तहको एक र एक उद्योग वाणिज्यतर्फका गरी पाँच करारका कर्मचारी रहेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय तनहुँका प्रमुख नारायणप्रसाद ढकालले भने, ‘सरकारले कर्मचारी समायोजनको प्रक्रिया थालनी गर्नु तथा कोरोनाको सङ्क्रमणले गर्दा कर्मचारी अभाव हुने अवस्था आएको छ ।’ गण्डकी प्रदेश सरकारलाई हालै दरबन्दीको सङ्ख्या बढाउन र कर्मचारी पठाउन माग गरी पत्रचार गरिसकिएको उनले बताए ।

तनहुँमा आर्थिक वर्ष २०७६/७७ मा एक हजार २७१ नयाँ उद्योग दर्ता भएका छन् । हालसम्म नौ हजार १६० उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जनाएको छ । कृषिसँग सम्बन्धित उद्योगलाई प्राथमिकता दिएर तीन तहका सहकारबाट विभिन्न अनुदानको व्यवस्था भइरहेकाले त्यस्ता उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको प्रमुख ढकालको भनाइ छ ।

‘उद्योग नवीकरण गर्नेको पनि यहाँ भीड नै लाग्ने गरेको छ’, उनले भने, ‘कर्मचारीको अभावको कारण सेवाग्राहीलाई छिटो, छरितो र सहज सेवा प्रवाह गर्न सकिएको छैन ।’ कामको चाप हेर्ने हो भन्ने यहाँ दरबन्दीभन्दा दोब्बर कर्मचारीको आवश्यकता रहेको प्रमुख ढकालको भनाइ छ ।

‘दरबन्दीभन्दा पनि एक जना कर्मचारी कम छन्, ती पनि म बाहेकका सबै करारका छन्’, उनले भने । दिनहुँ झण्डै १०० सेवाग्राही कार्यालय आउने हुँदा भीड व्यवस्थापन गर्न कठिनाइ भएको कार्यालयले जनाएको छ ।

दुई कार्यालय सहयोगीलाई खरदार र सुब्बा कर्मचारीले गर्नुपर्ने काममा लगाइएको कार्यालय प्रमुख ढकालको भनाइ छ । तपाईँहरु बिहान र बेलुका मात्रै कार्यालय सहयोगी हो, दिउँसो त खरदार र सुब्बा हो भन्दै कर्मचारीलाई काममा लगाउने गरेको उनले बताए । रासस

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ६ : २० बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर