१५ माघ २०८२, बिहिबार | January 29, 2026

प्रहरी अस्पतालका डीआइजीलाई कोरोना संक्रमण



काठमाडौं । प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत नायव प्रहरी महानिरिक्षक (डीआइजी)लाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मातहतका प्रहरीहरुलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षण गराउँदा एक डीआइजीलाई कोरोना संक्रमण पुष्टि भएको हो । पीसीआर रिपोर्टमा संक्रमण देखिएपनि उनलाई संक्रमणको कुनै लक्षण नदेखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको अवस्था अवस्था सामान्य छ ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतले प्रहरी अस्पतालका एक डीआइजीलाई कोरोना पुष्टि भएको जानकारी दिए । उनको अवस्था समान्य रहेको उनले बताए ।

अहिलेसम्म नेपाल प्रहरीका ६३० जनालाई कोरोना संक्रमण देखिएको छ । त्यसमभ्ये ३८० अहिले पनि उपचाररत छन् । २५० जना निको भएर नियमित काममा फर्किइसकेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १२ : २१ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण