१० भदौ २०८३, बुधबार | August 26, 2026

प्रहरी अस्पतालका डीआइजीलाई कोरोना संक्रमण



काठमाडौं । प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत नायव प्रहरी महानिरिक्षक (डीआइजी)लाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मातहतका प्रहरीहरुलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षण गराउँदा एक डीआइजीलाई कोरोना संक्रमण पुष्टि भएको हो । पीसीआर रिपोर्टमा संक्रमण देखिएपनि उनलाई संक्रमणको कुनै लक्षण नदेखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको अवस्था अवस्था सामान्य छ ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतले प्रहरी अस्पतालका एक डीआइजीलाई कोरोना पुष्टि भएको जानकारी दिए । उनको अवस्था समान्य रहेको उनले बताए ।

अहिलेसम्म नेपाल प्रहरीका ६३० जनालाई कोरोना संक्रमण देखिएको छ । त्यसमभ्ये ३८० अहिले पनि उपचाररत छन् । २५० जना निको भएर नियमित काममा फर्किइसकेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १२ : २१ बजे

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट

भोटेकोशी बाढी : ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको