१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जाने, देशको सवैभन्दा ठूलो लघुवित्त बन्ने लक्ष सहित पुसबाट एकीकृत कारोबार हुने



काठमाडौं । एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जाने भएका छन् । दुवै लघुवित्तले आइतबार एक समारोहका बीच मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन ।

मर्जर सम्बन्धी उक्त समझदारीपत्रमा एनआईसी एशिया लघुवित्तकोे तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्तकोे तर्फबाट संस्थाका अध्यक्ष लालमणी जोेशीले हस्ताक्षर गरेका छन् । मर्जर हुने दुबै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरु हुन ।

कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्तका १२० शाखा संचालनमा रहेका छन् । यस्तै प्रदेश १ स्थित सुनसरीको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्तका ८५ शाखा संचालनमा रहेका छन् ।

मर्जरपछि कुल शाखा संख्या २०५ शाखा हुनेछ । यस्तै एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट मिति २०७७ साल पौष महिनाको पहिलो हप्ता भित्रमा एकीकृत कारोबार हुने भएको छ ।

साथै देशकै सबैभन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ७ : १५ बजे

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि

जेनजी घाइतेको विवरण सार्वजनिक

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न