२९ कार्तिक २०८३, आइतबार | November 16, 2026

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव



काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको मागसहित नेपालका विषयलाई प्राथमिकताका साथ उठाउन नागरिक समाजका तर्फबाट सुझाव दिइएको छ ।

गैरसरकारी संस्था महासङ्घ नेपालद्वारा आज यहाँ आयोजित ‘हिमालदेखि समुद्रसम्मः भोटेकोशी र बूढीगण्डकी विपद्को सन्दर्भमा जलवायु न्यायको मागसहित कोप–३१ मा नेपालको अडान’ विषय अन्तरक्रियामा त्यस्तो सुझाव दिइएको हो ।

महासङ्घका अध्यक्ष अर्जुन भट्टराईले २५ बुँदे साझा अवधारणापत्र तथा सुझाव कृषि, वन तथा पर्यावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा महेश्वर ढकाललाई हस्तान्तरण गरेका थिए ।

एक सयभन्दा बढी गैरसरकारी संस्थाहरूको सामूहिक सहभागितामा तयार पारिएको उक्त अवधारणापत्रले जलवायु न्याय, हानि तथा नोक्सानी, पहुँचयोग्य जलवायु वित्त, हिमाल तथा हिममण्डलको संरक्षण, जलवायु अनुकूलन, न्यायोचित रूपान्तरण र जोखिममा रहेका समुदायको अधिकार तथा संरक्षणलाई प्राथमिकतामा राखेको छ ।

अवधारणापत्र बुझेपछि सहसचिव डा ढकालले कोप–३१ मा नेपालको तयारी, उठाउने विषय र सहभागिताका सन्दर्भमा जानकारी गराएका थिए । साथै उनले अन्तरराष्ट्रिय मञ्चमा जलवायु न्यायको विषयलाई प्रभावकारी बनाउन सरकारका साथै नागरिक समाज र सञ्चार क्षेत्रको भूमिका पनि महत्वपूर्ण हुने उल्लेख गरे ।

सो अवसरमा अध्यक्ष भट्टराईले विश्व तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित राख्ने प्रतिबद्धता नेपालको प्रमुख प्राथमिकता हुनुपर्नेमा जोड दिए । साथै उनले भोटेकोशी र बूढीगण्डकी लगायतका विपद्का घटनाले जलवायु सङ्कटको गम्भीरता र अन्तरराष्ट्रिय उत्तरदायित्वको आवश्यकतालाई थप उजागर गरेको बताए । कोप–३१ आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्टाल्या सहरमा आयोजना हुँदैछ ।

कार्यक्रम क्लिन इनर्जी नेपाल, अक्सफाम, किर्डाक, डिसिए, लिबर्ड, प्रकृति रिसोर्सेस सेन्टर, एनडब्लुसिएफ, फेकोफनलगायत जलवायु न्याय र वातावरणीय दिगोपनाका क्षेत्रमा कार्यरत नागरिक समाजका साझेदार संस्थाहरूको सहकार्यमा आयोजना गरिएको थियो ।

कार्यक्रममा सहभागीहरुले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून योगदान रहे पनि बाढी, पहिरो, हिमाली पारिस्थितिक प्रणालीमा देखिएका जलवायु परिवर्तनको प्रभावलगायत जलवायु सङ्कट भोग्नुपरेको लगायत विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ११ : ०१ बजे

Your email address will not be published.

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका(५ देवीस्थानबाट आज इजाजत नभएका चार

एनपिएल : पोखरा एभेन्जर्ससँग काठमान्डु गोर्खाज ५५ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को आइतबार भएको खेलमा

कालीगण्डकी करिडोर सडक पुन: अवरुद्ध

गुल्मी । सुक्खा पहिरो गएपछि कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध

घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा

चितवन । गत साता नेपाल प्रिमियर लिग (एापिएल)हेर्न बसमा काठमाडौं

प्रधानमन्त्रीको सचिवालयका ‘विज्ञ’लाई संयोजक र उपसंयोजकको भूमिका

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो निजी सचिवालयमा कार्यरत कर्मचारी