१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

सामाजिक सञ्जालमा बिभिन्न आश्वासन दिई नेपाली महिला ठग्ने गिरोहका एक बिदेशी प्रहरीको फन्दामा



काठमाडौँ । सामाजिक सञ्जालबाट नेपाली महिलाहरुलाई प्रलोभन देखाएर ठगी गर्ने गिरोहका एकजना बिदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । फेसबुक, भाईबर र इमोमा कहिले लट्रि परेको भन्ने सुचना दिएर त कहिले मानविय सहयायता भन्दै आश्वासन दिने र ठगी गर्ने गिरोहका रिपब्लिका दि एङ्गोलाका ४८ वर्षीय सिल्भा एन्टोनियो दा कोस्टालाई पक्राउ गरेको हो ।

पछिल्लो घटना अनुसार सामाजिक सञ्जालमा एक महिलालाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर रहेको र नेपाल आएपछि बिहे गर्ने भनी रु ४८ लाख ५४ हजार ४२० ठगी गर्ने दा कोस्टालाई प्रहरीको महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।

पीडित महिलालाई नयाँ वर्षको अवसरमा हिराको औँठी, घडी, सुनको सिक्री र नगद रु दुई लाख ३० हजार पाउण्ड पठाएको र सामानको भन्सार र एक्सचेञ्ज चार्ज बुझाउन पर्‍यो भनी उक्त रकम ठगी गरेको महानगरिय प्रहरीले प्रकाशित गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ । ठगी गर्ने विदेशी नागरिक दा कोस्टालाई शुक्रबार सोल्टी होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दा कोस्टाले भन्सार छुटाउनका लागि पीडित महिलासँग थप रु २० लाख मागेपछि प्रहरीको टोलीले शुक्रबार सोल्टी होटलबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्तिले सोहीदिन अर्की युवतीबाट पनि रु ३७ हजार ठगी गरेको अनुसन्धानमा खुलेको छ।

प्रहरीले कोष्टाको ठमेलस्थित कोठाबाट नक्कली नोट बनाउन प्रयोग हुने केमिकल र कागजसमेत बरामद गरेको प्रबिज्ञप्तिमा उल्लेख छ। पक्राउ परेका उनी अघिल्लो वर्षको फागुन देखि नेपालमा बस्दै आएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दा कोस्टासँग नेपाली तीन लाख १५ हजार ७४५ नगद, अमेरिकन डलर ९००, एटिएम कार्ड, ल्यापट एक थान, नक्कली नेपाली एक हजारका नोट तीन थान, नोट आकारको कालो कागजको बण्डल, ए फोर पेपरलगायतका सामग्री प्रहरीले बरामद गरेको छ। पक्राउ व्यक्तिलाई जिल्ला अदालतको पाँच दिनको म्याद थप गरी अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ। पक्राउ परेका ब्यक्तिको सम्पर्कमा रहेका अन्यको खोजि भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  ९ : ४५ बजे

बालाजु बाइसधारा मेला सुरु

काठमाडौं । बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

भक्तपुर । यो वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० परीक्षाको आजदेखि

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ : प्रतिपक्षी

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

मोलुका । इन्डोनेसियाको मोलुका टापु आसपास बिहीबार बिहान ७.४ म्याग्निच्युडको

आज विश्व अटिजम सचेतना दिवस

काठमाडौं । आज विश्व अटिजम सचेतना दिवस हो । यो