१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कोरोनाको कहरमा पन्ध्रौं योजना; उपाध्यक्ष कँडेल भन्छन्, ‘परिमार्जन गर्नुपर्ने अवस्था आयो’



काठमाडौं । राष्ट्रिय योजना आयोगले कोरोना संक्रमणका कारण अर्थतन्त्रमा प्रभाव परेकाले पन्ध्रौं योजनामा परिमार्जन गर्नुपर्ने अवस्था देखिएको बताएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लामो समय बन्दाबन्दीको अवस्था रहेपछि पन्ध्रौं योजनाले आत्मसाथ गरेका लक्ष्यहरु पुरा हुन नसकेकाले परिमार्जन गर्नुपर्ने स्थिति देखिएको आयोगले बताएको छ ।

आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले कोरोनाका कारण अर्थतन्त्रमा गम्भिर असर परेको र आर्थिक वृद्धि लक्ष्य अनुसार हासिल नहुने देखिएकाले पन्ध्रौं पञ्चवर्षीय योजनाका लक्ष्यहरुमा परिमार्जन गर्नुपर्ने देखिएको बताउनुभएको हो ।

सोमबार निजी क्षेत्रको समाचार एजेन्सी ‘न्यूज एजेन्सी नेपाल’सँग कुरा गर्दै उपाध्यक्ष कँडेलले पन्ध्रौं योजनाले पहिलो वर्ष साढे आठ प्रतिशत, दोस्रो वर्ष साढे नौ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखे पनि कोरोनाका कारण हासिल नभएकाले परिमार्जन गरी अगाडि बढ्नुपर्ने स्थिति आएको बताएका हुन् ।

उपाध्यक्ष कँडेलले भने, ‘साढे आठ प्रतिशतको आर्थिक वृद्धिदर पहिलो वर्ष भनेका थियौं, दोस्रो वर्ष झण्डै साढे नौ प्रतिशतको आर्थिक वृद्धिदरको परिकल्पना थियो । त्यो दुई वटै झ-यो । सात प्रतिशतको आर्थिक वृद्धिदर यो बजेटले परिकल्पना गरेको छ त्यो पुग्छ कि भन्ने थियो यो पछिल्लो चरणको स्थिति नआएको भए । हेरौं अब कसरी जान्छ ।’

कोरोनाको संक्रमण कम हुन्छ भन्ने हिसाबले चालु आर्थिक वर्षको वार्षिक योजना बनाएको तर दोस्रो चरणको संक्रमणका कारण कार्यान्वयनमा असर परेकाले पनि समस्या देखिएको कँडेलले बताए ।

अहिलेको अर्ध लकडाउनको स्थितिबाट अर्थतन्त्रमा पर्ने असरको अवस्थालाई हेरेर योजनाका लक्ष्यहरुमा परिमार्जन गर्ने अवस्था आउनसक्ने उनले विश्लेषण गरे । उनले भने, ‘कोरोना अलिकति कम हुन्छ भन्ने हिसाबले हामीले वार्षिक योजना बनाएका थियौं र कार्यान्वयन गर्ने चरणमा हामी गएका थियौं । अर्थमन्त्रालयले मन्त्रालयहरुलाई सर्कुलर पनि गरिसकेको थियो र मन्त्रालयहरुले कार्यान्वयनको सुरुवात पनि गरेका थिए । तर अहिलेको यो परिस्थितिले गर्दा त्यसमा केही समस्या देखिने भयो । दश पन्ध्र दिन अझै हेरौं । अर्धलकडाउनको स्थिति हेरिसकेपछि आवश्यक प¥यो भने त्यसमा केही परिमार्जन हुनुपर्ने स्थिति हुन सक्छ ।’

असार सम्मको लकडाउन पछि कोरोनाको प्रभाव न्यूनीकरण तिर गएको अवस्थालाई हेरेर योजना बनाएको तर फेरि संक्रमण बढ्दै जाँदा कार्यान्वयनमा असर परेको उपाध्यक्ष कँडेलले बताए । संक्रमणको अवस्थालाई छिट्टै नियन्त्रण गरी नयाँ कार्ययोजना बनाएर अगाडि बढनुपर्ने आवश्यकता रहेको पनि उनले बताए । उनले भने, ‘यो असरलाई छिटै नियन्त्रण र न्यूनीकरण गर्न सकियो भने यो असरलाई पुर्ति गर्ने गरेर नयाँ हिसाबले कार्ययोजना बनाएर अगाडि बढ्ने पक्षमा छौं ।’

राष्ट्रिय गौरवका आयोजना र रुपान्तरणकारी आयोजना लक्षित समयमा सम्पन्न गर्र्न नसकिने अवस्था आएको पनि कँडेलले स्वीकार गरे । कार्यान्वयनमा रहेका आयोजनाहरुमा खासै असर नपरेपनि आयोजना सम्पन्न हुन लाग्ने समय बढ्ने देखिएकाले आयोजनाहरुको लागत समेत बढ्न जाने छ ।

‘ती आयोजनाको कार्यान्वयनमा त्यति धेरै असर परेको छैन् । तर केही समय ढिला बनाइदिएको छ । त्यो ढिलाइको कारणले गर्दा त्यसको लागत केही न केही बढ्ने स्थिति देखिएको छ’, उनले भने ।

कोरोनाको असर अर्थतन्त्रमा गम्भिर रुपमा परेकोले अव कोरोना रोकथाम तथा नियन्त्रणका उपायहरु अपनाउँदै आर्थिक क्रियाकलापलाई अगाडि बढाउनुको विकल्प नभएको पनि कँडेलले बताए ।

कोरोना महामारीले अर्थतन्त्रमा पारेको असरको सम्बन्धमा आयोगले अध्ययन गरिरहेको र त्यसको प्रतिवेदन छिट्टै आउने पनि कँडेलले जानकारी गराए । अध्ययन प्रतिवेदनले देशको अर्थतन्त्र जोगाउन र कोरोनाले पारेको असरलाई न्यूनीकरण गर्न सहयोग पु-याउने उनको भनाइ छ ।

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  ५ : ०७ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान