१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

मास्क लगाउन अनुरोध गर्दा कपिलवस्तुमा प्रहरी कुटिए



कपिलवस्तु । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाको लवनी चौराहामा मास्क नलगाएर हिँडने युवालाई मास्क लगाउन अनुरोध गर्दा ६ जना प्रहरी कुटिएका छन् ।

प्रहरी चौकी लवनीमा प्रहरी नायव निरीक्षक बिनोद कुमार बरुन सहित ६ जनामाथि कुटपिट भएको हो ।

कुटपिटमा ३ जना गम्भिर घाइते भएका छन भने ३ जना समान्य घाइते भएका छन् ।

गम्भिर घाइते प्रहरीलाई उपचारको लागी क्रिमसन अस्पताल लगिएको प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताएका छन् ।

घटनाको विवरण बुझ्दा मास्क नलगाइ साइकलमा आएका २ जनालाई मास्क लगाएर चलाउन अनुरोध गरेका थिए ।

प्रहरीले सम्झाई बुझाई घर पठाए पनि गाउँबाट ७ ,८ जना लाई बोलाई एक्कासी आक्रमण गरिएको मल्लले जानकारी दिएका छन ।

घाइतेमा प्रहरी हवल्दार विनोद कुमार बरुन, प्रहरी जवानहरु जियावन कोहार र महेन्द्र यादव रहेका छन् ।

घटनापछि लवनीमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । आरापीको पहिचान भइसकेको र उनीहरुको खोजी कार्य भइरहेको मल्लले बताएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ७ : ३० बजे

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार