५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

मोबाइल चोरीको आरोपमा कुटपिट गर्दा युवकको मृत्यु



राजविराज । मोबाइल चोरी गरेको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ । जिल्लाको राजगढ गाउँपालिका–६ फकिरा घर भई राजविराज नगरपालिका–१६ बोरिया बस्दै आएका मुकेश यादवको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

उन्नाइस वर्षीय यादवको उपचारका क्रममा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले बताए ।

प्रहरीका अनुसार दुई दिनअगाडि बोरियास्थित छिमेकी सरोकुमारी साहको मोबाइल हराएको थियो । उक्त मोबाइल मुकेशले नै चोरी गरेको भन्दै साहले कुटपिट गरेपछि घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको हो । घट्नाबारे अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ९ : २५ बजे

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे