१२ श्रावण २०८१, शनिबार | July 27, 2024

माछापुच्छ्रे बैंक र नेपाल अडिटर्स एशोसिएसन बीच बैंकिङ्ग सेवा प्रदान गर्ने सम्झौता, बैंकले बिनाधितो १५ लाख सम्मको कर्जा दिने



काठमाडौं । नेपाल अडिटर्स एशोसिएसन (अडान) र माछापुच्छ्रे बैंकबीच अडानमा आवद्ध सदस्यहरुलाई बिना धितो प्रोफेशनल कर्जा दिने सम्झौता भएको छ ।

सोमबार माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला र नेपाल अडिटर्स एशोसिएसन (अडान)का अध्यक्ष मोहनराज रेग्मीले एक कार्यक्रमका बीच (अडान) मा आवद्ध सदस्यहरुलाई बिना धितो प्रोफेशनल कर्जा दिने सम्झौता गरेका हुन ।

अडानमा आवद्ध सदस्यहरुलाई बैंकका एक सय ५९ शाखाबाट बिना धितोमा रु १५ लाख सम्मको कर्जा,ओभरड्राफ्ट सुविधा, क्रेडिट कार्ड सुविधा एवं अन्य सुविधाहरु न्यून ब्याजदरमा प्रदान गर्ने माछापुच्छ्रे बैंकले जनाएको छ ।

सम्झौतापछि अडानका आजीवन सदस्यहरुले कोरोनाको माहामारीमा तरलताको समस्या र प्रोफेशनल एवं व्यक्तिगत आवश्यकताहरु केही हदसम्म समाधान गर्नको लागि बिनाधितोमा सहुलियतपूर्ण बैंङ्किङ सुविधा, कर्जा लिन सहज हुने कुरामा आफु बिस्वस्त रहेको एशोसिएसनका प्रमुख कार्यकारी अधिकृत नरेश खनालले जानकारी दिए ।

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  ९ : १५ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्