७ आश्विन २०८३, बुधबार | September 23, 2026

माछापुच्छ्रे बैंक र नेपाल अडिटर्स एशोसिएसन बीच बैंकिङ्ग सेवा प्रदान गर्ने सम्झौता, बैंकले बिनाधितो १५ लाख सम्मको कर्जा दिने



काठमाडौं । नेपाल अडिटर्स एशोसिएसन (अडान) र माछापुच्छ्रे बैंकबीच अडानमा आवद्ध सदस्यहरुलाई बिना धितो प्रोफेशनल कर्जा दिने सम्झौता भएको छ ।

सोमबार माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला र नेपाल अडिटर्स एशोसिएसन (अडान)का अध्यक्ष मोहनराज रेग्मीले एक कार्यक्रमका बीच (अडान) मा आवद्ध सदस्यहरुलाई बिना धितो प्रोफेशनल कर्जा दिने सम्झौता गरेका हुन ।

अडानमा आवद्ध सदस्यहरुलाई बैंकका एक सय ५९ शाखाबाट बिना धितोमा रु १५ लाख सम्मको कर्जा,ओभरड्राफ्ट सुविधा, क्रेडिट कार्ड सुविधा एवं अन्य सुविधाहरु न्यून ब्याजदरमा प्रदान गर्ने माछापुच्छ्रे बैंकले जनाएको छ ।

सम्झौतापछि अडानका आजीवन सदस्यहरुले कोरोनाको माहामारीमा तरलताको समस्या र प्रोफेशनल एवं व्यक्तिगत आवश्यकताहरु केही हदसम्म समाधान गर्नको लागि बिनाधितोमा सहुलियतपूर्ण बैंङ्किङ सुविधा, कर्जा लिन सहज हुने कुरामा आफु बिस्वस्त रहेको एशोसिएसनका प्रमुख कार्यकारी अधिकृत नरेश खनालले जानकारी दिए ।

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  ९ : १५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई