२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

पहिरोले पाइप बगाउँदा खानेपानीको समस्या



बैतडी । बैतडीको पाटन नगरपालिका–३ मा पहिराले खानेपानीको पाइप बगाउँदा स्थानीयलाई खानेपानीको समस्या भएको छ ।

वडा नं ३ को दम्मोरा टोलमा आउने खानेपानीको पाइप पहिराले बगाएको हो । झालीमाली मुहानबाट खानेपानी ल्याइएको भए पनि पाइप लाइनको बीच भागमा पहिरो जाँदा करिब १०० मिटर पाइप बगाएको स्थानीय दीपेन्द्र पन्तले जानकारी दिए ।

गए राति खसेको पहिराले खानेपानीको पाइप बगाएको छ । पहिराले खानेपानीको पाइप बगाएसँगै सो ठाउँका १० घर परिवार खानेपानीबाट वञ्चित भएका छन् । गाउँमा आउने खानेपानी अवरुद्ध भएपछि खोलाको दूषित खानेपानी प्रयोग गर्नुपर्ने बाध्यता परेको पन्तको भनाइ रहेको छ । रासस

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ६ : १४ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात