२२ मंसिर २०८२, सोमबार | December 8, 2025

पहिरोले पाइप बगाउँदा खानेपानीको समस्या



बैतडी । बैतडीको पाटन नगरपालिका–३ मा पहिराले खानेपानीको पाइप बगाउँदा स्थानीयलाई खानेपानीको समस्या भएको छ ।

वडा नं ३ को दम्मोरा टोलमा आउने खानेपानीको पाइप पहिराले बगाएको हो । झालीमाली मुहानबाट खानेपानी ल्याइएको भए पनि पाइप लाइनको बीच भागमा पहिरो जाँदा करिब १०० मिटर पाइप बगाएको स्थानीय दीपेन्द्र पन्तले जानकारी दिए ।

गए राति खसेको पहिराले खानेपानीको पाइप बगाएको छ । पहिराले खानेपानीको पाइप बगाएसँगै सो ठाउँका १० घर परिवार खानेपानीबाट वञ्चित भएका छन् । गाउँमा आउने खानेपानी अवरुद्ध भएपछि खोलाको दूषित खानेपानी प्रयोग गर्नुपर्ने बाध्यता परेको पन्तको भनाइ रहेको छ । रासस

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ६ : १४ बजे

माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति

म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलव

पृथ्वीराजमार्गको नागढुङ्गा-मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने

मलेखु । नागढुङ्गा-मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द

एनपिएल : आज कुनै पनि खेल नहुने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज विश्राम

मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा