१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सिन्धुपाल्चोकका १६७ बस्ती अझै उच्च जोखिममा छन



काठमाडौं । लिदी जस्तै भौगलिक बनोट भएका सिन्धुपाल्चोकमा मात्रै १ सय ६७ बस्ती जोखिममा छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको भौगर्भिक अध्ययन अनुसार ९६ स्थान संरक्षण गरेर बस्न सकिने र ७१ स्थान जोखिममा रहेका थिए । जिल्लाका २ सय ४२ स्थानको भौगर्भिक अध्ययन भएको थियो । जसमा ७५ स्थान मात्रै रहेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भूगर्भविद् लेखप्रसाद भट्टले पहिले गरिएको अध्ययनले लिदीमा माथिल्लो क्षेत्रमा नभई तल्लो क्षेत्रमा समस्या देखाएको बताए ।

२०७४ सालमा गरिएको अध्ययनले लिदीलाई संरक्षण गरेर बस्न सकिने देखाएको थियो । वर्षातका बेला सिन्धुपाल्चोकमा देखिएको विपदबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित कार्यक्रममा भूगर्भविद भट्टले बेला बेलामा जोखिमका क्षेत्र बदलिन सक्ने बताए ।

भौगर्भिक अध्ययनमा कम जोखिम भनेको क्षेत्रमा पहिरोले क्षति गरेपछि थप अध्ययनको लागि आवास उठ्न थालेको छ । प्राधिकरणले विगतको अध्ययनको समिक्षा गर्दै नयाँ अध्ययन गर्न समन्वय गर्ने भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सिन्धुपाल्चोकमा भएको ठूलो जनधनको क्षति अत्यन्तै दुस्खद् भएको बताउँदै सिन्धुपाल्चोकबारे विगतका गरिएका अध्ययनहरुको समीक्षा गर्नुका साथै नयाँ अध्ययन गर्न विभिन्न निकायसँग समन्वय गरी प्राधिकरणले सहयोग गर्ने बताए ।

उनले विगतमा भएका अध्ययनहरुको समीक्षाको काम सुरु गर्न प्राधिकरणका विज्ञ तथा कर्मचारीलाई निर्देशन दिए । उक्त समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ७ : ३३ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को