३ पुस २०८२, बिहिबार | December 19, 2025

३ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरमा पूर्ण लकडाउन, कुनै पनि व्यवसाय सञ्चालनमा प्रतिबन्ध



बुटवल । बाक्लो जनघनत्व भएको बस्ती नभएको भन्दै लकडाउनको बिपक्षमा रहेको तिलोत्तमा नगरपालिकाले अन्ततः पूर्ण लकडाउन गर्ने निर्णयमा पुगेको छ ।

दिनदिनै कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएपछि तिलोत्तमा नगरपालिकाले पूर्ण लकडाउन गर्ने भएको हो । बुटवल उपमहानगर र सिद्धार्थनगर ले लकडाउनको घोषणा गर्दा तिलोत्तमाले नगरमा कृषि पेशाको बाहुल्य रहेको र घनाबस्ती नभएको भन्दै लकडाउनको आवश्यकता नरहेको बताएको थियो ।

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमीरेले पूर्ण लकडाउन गर्दा कृषि उत्पादन गर्ने कृषकलाई मर्का पर्ने भन्दै आवश्यकता नभएको बताएका थिए ।

बिगत ३ दिन देखि लगातार कोरोना संक्रमण बढ्दै गएपछि मंगलबार बिहान बसेको सुरक्षा निकाय, नगर स्थित राजनीतिक दल, तिलोत्तमा उद्योग वाणिज्य संघ लगायतका सरोकारवालाहरुको उपस्थितिमा बसेको संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को बैठकले एक हप्ता पूर्ण लकडाउन गर्ने निर्णय गरेको तिलोत्तमा नगरपालिकाले जनाएको छ ।

भदौं ३ गते साँझ ७ बजेदेखि भदौं १० गते साँझ ७ बजेसम्म पूर्ण लकडाउन गर्ने निर्णय भएको छ । लकडाउन अवधिमा साईकल समेत चल्न दिईने छैन । नगर प्रमुख घिमिरेले भने ।

नगर प्रमुख घिमीरेका अनुसार लकडाउन अवधिमा नगरमा दुग्ध डेरी डिपो बिहान ६ देखि ८ बजेसम्म चल्ने छन् ।

त्यस बाहेक सबै प्रकारका पसल व्यवसाय, उद्योगधन्दा, कलकारखाना, निर्माण कार्य, बैंक, वित्तीय संस्था, सहकारी, सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय, सम्पूर्ण सवारीसाधन तथा साइकल सञ्चालन समेत पूर्णतः बन्द गर्ने सिसीएमसी बैठकले निर्णय गरेको छ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  १२ : ५० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको