१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

बाँकेमा थपिए ११ जना कोरोना संक्रमित, नेपालगन्ज उपमहानगरका १० जनामा संक्रमण पुष्टि



नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसिआर परीक्षणमा नेपालगन्जका १० जनासहित थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालका अनुसार नेपालगन्जका १० जना र खजुराका १ जनामा संक्रमण पुष्टि भएको छ भने बर्दियाको गुलरियाका २ जना र सुर्खेत विरेन्द्रनगरका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

५ सय ५०जनबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार संक्रमित देखिनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ५ का ४५ वर्षिय पुरुष, वडा नम्बर– ६ का २५ वर्षिय युवती र ३३ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ भने वडा नम्बर–१ का ५२ वर्षीया महिला, वडा नम्बर–४ का ४२ वर्षीया महिला, वडा नम्बर– १० का २४ वर्षीय पुरुष तथा वडा नम्बर–१३ का ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपलागन्ज ठेगाना लेखाई वडा र उमेर नखुलेको एक पुरुष एक महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको श्रेष्ठले बताए । मंगलबार प्राप्त रिपोर्टमा खजुराका २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

मंगलबार थपिएसँगै बाँकेमा संक्रमितको कुल संख्या ७ सय ४५ पुगेको छ । बाँकेमा ४ जनाको भाइरस संक्रमणबाट मृत्यु भएको छ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ६ : ०० बजे

बीबीसीको रिपोर्ट हटाउन आयोगको प्रेस काउन्सिललाई आग्रह

काठमाडौं । अन्तरराष्ट्रिय सञ्चार संस्था बीबीसीले भदौ २३ र २४

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)

बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर

आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता

काठमाडौ। नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र साउदीको