३२ असार २०८३, बिहिबार | July 16, 2026

आजको मौसम : देशभर सामान्य बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा संभावना



काठमाडौं । हाल मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्य प्रदेशमा उत्पन्न न्युन चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको छ ।

हाल देशका अधिकांश भू-भागमा सामान्य बदलीको भएको छ भने प्रदेश न. ५, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश तथा आसपासका भू-भागमा मेघ गर्जनसहित केही स्थानहरुमा मा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज विहान ६ बजे मापन भएको रेकर्ड अनुसार कैलालीको टिकापुर, चिसापानी लगायत कैलाली र कञ्चनपुरका धेरैजसो स्थानमा अतिभारी बर्षा भएको छ । थप बर्षा हुने देखिएकाले कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधरलगायत साना नदीमा बाढी आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

त्यस्तै आज विहान ६ बजे डडेलधुरा जिल्लाको रंघुन-पन्टुरागाड नदीजलाधारमा आज विहान ६ बजे अति भारी बर्षा मापन भएको छ । थप बर्षा हुने सम्भावना पनि रहेको विभागले जनाएको छ । रंघुनको महाकाली दोभानसम्मको क्षेत्रमा उच्च वहाबको जोखिम रहेको छ । त्यस्तै आसपासका क्षेत्रमा पनि बाढीको संभावना रहेको छ । तसर्थ तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यसअघि बबई नदीको चेपाङ, बर्दियाको बाढीमापन केन्द्रमा आज विहान ४ः३० बजे मापन भएको रेकर्ड अनुसार जलसतह सतर्कता बिन्दु नजिक पुगेको र बढ्दो अवस्थामा रहेको छ । त्यसैगरी बर्षा हुने क्रम जारी रहेकोले वर्दिया जिल्लाका बबई तटीय क्षेत्र र सल्यान जिल्लामा पनि सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

त्यसैगरी आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश, र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशभर सामान्यतया बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका धेरैजसो स्थान र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ७ : २९ बजे

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको

आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा

इलाम । इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

लमजुङ । लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका

म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

नवलपुर । देशकै कान्छो जिल्ला नवलपुरमा निर्माणाधीन नमूना जिल्ला सदरमुकामको