१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

रुपन्देहीको सियारी गाउँपालिकामा समुदायस्तरमा कोरोना परिक्षण सुरु



रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकामा समुदायस्तरमा कोरोनाको अवस्था अध्ययन गर्न थालिएको छ । समुदायमा कोरोना फैलिएको हुनसक्ने अवस्थाको बारेमा जानकारी लिन समुदायस्तरमा कोरोना परीक्षण सुरु भएको हो ।

पालिकाको वडा नं। ७ अमुवा बजारमा औषधी पसलका सञ्चालक, होटेल तथा किराना ब्यवसायी, फलफुल ब्यवसायी, विद्युत, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, वडाका कर्मचारी, वडाका जनप्रतिनिधि लगाएत स्थनीय उच्च जोखिममा रहेकाहरुको कोरोना परीक्षण गर्न स्वाब सङ्कलन गरिएको छ । यसले समुदायमा कोरोनाको सङ्क्रमण पुगेको छ कि छैन भनेर यकिन गर्न सकिने सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले बताए ।

भारतलगायत तेस्रो मुलुकबाट आएर क्वारेन्टिनमा बसेका र कोरोना सङ्क्रमित पुष्टि भएकाको सम्पर्कमा आएकाको स्वाब सङ्कलन गर्न थालिएको उनले बताए । उनले भने“समुदायस्तरमा कोरोना परीक्षण गर्नका लागि स्वाब सङ्कलन गर्न स्वास्थ्यकर्मीको टोली गाउँगाउँमा पठाएको छ ।”

गाउँपालिकाले समुदायका ३० जनाको स्वाब सङ्कलन गरिएको गाउँपालिका उपाध्यक्ष तथा प्रबक्ता अमृता गुरुङले बताईन् । उनले भनिन् “अहिले उच्च जोखिममा रहेकाहरुको परिक्षणका लागि स्वाव संकलन गरिएको छ, कोरोना भाइरको अवस्था बुझन गाउँपालिकाको उच्च जोखिममा रहेका सबै वडामा परिक्षणको दायरा बढाईने छ ।”

पालिकामा हाल सम्म कोरोना भाइरस सङ्क्रक्रमितहरुको सङ्ख्या १५ पुगेको छ । जस मध्ये ६ जना डिस्चार्ज भएका छन् भने उपचारको लागि आइसोलेसनमा ९ जना रहेका छन् । उनीहरुको स्वास्थ्य अवास्था समान्य रहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । अहिलेसम्म विदेशबाट फर्किएका अधिकांश सङ्क्रमित भएका छन् भने स्थानीय स्तरमा तीन जना सङ्क्रमित भएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
यस्तै गाउँपालिकाले वडा नं.२ मा निर्माण गरेको आईसोलेशन तथा क्वारेन्टाईनको अवस्था र क्वारेन्टाईनमा बसेकाहरुको अवस्था बुझ्न गाउँपालिका अध्यक्ष अयोध्या थारु र प्रमुख प्रसशाकीय अधिकृत मिन प्रसाद भट्टाराईले मंगलबार अनुगमन गरेका छन् ।
हाल क्वारेन्टाइनमा २४ जना रहेका छन्, क्वारेन्टाइनमा रहेकाहरुको परिक्षण गर्न बाकीं रहेको र आइसोलेसनमा ९ जना रहेका छन् । क्वारेन्टाइन तथा आइसोलेशनमा रहेकाहरुको स्वास्थ्य अवास्था समान्य रहेको स्वास्थ्य शाखा प्रमुख बद्धि बहादुर घर्तीले जानकारी दिए ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ८ : ०९ बजे

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३

बाँकेमा मदिरा पिउन र किन्न/बेच्न निषेध

नेपालगन्ज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रशासनले

बीबीसीको रिपोर्ट हटाउन आयोगको प्रेस काउन्सिललाई आग्रह

काठमाडौं । अन्तरराष्ट्रिय सञ्चार संस्था बीबीसीले भदौ २३ र २४

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)

बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर