१२ बैशाख २०८१, बुधबार | April 24, 2024

अछाममा बाढीको ताण्डव : १९ बेपत्ता, चार जनाको मृत्यु



अछाम । अछामको कैलाशखोलामा आएको बाढीले बगाएर चार जनाको मृत्यु भएको छ भने १९ बेपत्ता भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार बाढीकै कारण रामारोशन गाउँपालिका–५ सैनीबजारमा रहेका कम्तीमा पनि ३० पसलहरु बगेका छन् ।

बाढीले बगेर बेपत्ता भएकाहरुको खोजीकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको टोली बिहानैदेखि खटिएको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

बाढीबाट मृत्यु भएकाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बाढीपहिरोेमा परी बाजुरामा दुई जनाको मृत्यु
बाजुरा– जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा घर नजिकै आएको पहिरोमा परी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुने खप्तड छेडेदह गाउँपालिका–५ की तीन वर्षीया सनिका बुढा रहेकोे जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

त्यसैगरी सोही घरकी पाँच वर्षीया बालिका विनिता बुढा र ६० वर्षीया आमा नन्दा बुढा घाइते भएका छन् । गए राति सुतेको बेला घरमाथिबाट आएको पहिरोमा परी बालिकाको मृत्यु भएको र दुई घाइते भएको प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले बताउनुभएको छ । पहिरोमा परी घरको सबै सामान नष्ट हुनुका साथै दुई बाख्रासमेत च्यापिएको प्रहरी निरीक्षक ठगुन्नाको भनाइ छ ।

त्यस्तै राति घट्ट पिस्न गएको समयमा बाजुराको बूढीनन्दा नगरपालिकामा बाढीले बगाएर एक महिलाको मृत्यु भएको छ । घट्ट पिस्न गएको समयमा बड्डीगढ नदी बढेर गएसँगै मृत्यु भएको हो ।

मृत्यु हुनेमा बूढीनन्दा नगरपालिका–६ की भीनु ल्वार रहेकी छन् । ती महिलाको शव खोलाको तीरमा भेटिसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी ठगुन्नाले बताए ।

बेवारिसे शव फेला
जिल्लाको पूर्वी–उत्तरी क्षेत्रमा पर्ने जगन्नाथ गाउँपालिका–१ पिलुचौरमा एक जनाको बेवारिसे शव फेला परेको छ । आज बिहान एक वृद्धाको बेवारिसे शव फेला परेको र सो शव सडेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

गए रातिको अविरल वर्षासँंगै खोलामा बाढी आएर खोलाको तीरमा सो शव फेला परेको प्रहरीले जनाएको छ । कोल्टीको नुरी हुँदै आएको बाढीले कोल्टी आसपासका क्षेत्रममा ठूलो धनजनको क्षति पु-याएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  १० : १५ बजे

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।