१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

रुपन्देहीमा ७ घण्टामा थपिए ३६ संक्रमित, २४ घण्टामा बुटवलमा थपिए ३२ नयाँ संक्रमित



बुटवल । बुधबार अपरान्ह सम्ममा रुपन्देहीमा ३६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

बिहान ९ बजे देखि यता रुपन्देहीमा ३६ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकलपर्शन केदार साहका अनुसार पछिल्लो ७ घण्टामा बुटवल उपमहानगरपालिकामा १९ जना नयाँ संक्रमित थपिएकाछन् ।

बुटवलको पछिल्लो २४ घण्टामा थपिएको संख्या ३२ हो । त्यसैगरी सिद्धार्थनगर नगरपालिकामा ६ जना, देवदह नगरपालिकामा २ जना, तिलोत्तमा नगरपालिकामा १ जना, सैनामैना नगरपालिकामा १ जना तथा सुद्धोदन गाँउपालिकामा ४ जना र सियारी गाँउपालिकामा ३ जना नयाँ संक्रमित थपिएका छन् ।

यता पछिल्लो २४ घण्टाको बुटवल उपमहानगरको तथ्यांक अनुसार वार्ड नम्बर ३ मा १, वार्ड नम्बर ४ मा २, वार्ड नम्बर ६ मा ४ , वार्ड नम्बर ११ मा १७, वार्ड नम्बर १२ मा १, वार्ड नम्बर १३ मा ६ र वार्ड नम्बर १५ मा १ जना नयाँ संक्रमित थपिएका छन् ।

बुटवल उपमहानगरमा अहिले सम्ममा जम्मा ४२ जना महिला र ८५ जना पुरुष गरि १२७ जना संक्रमित भएका छन् । रुपन्देहीमा भने ५७९ संक्रमित पुष्टि भएको छ भने २४१ जना निको भएर घर फर्केका छन् । रुपन्देहीमा १ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ७ : १९ बजे

बीबीसीको रिपोर्ट हटाउन आयोगको प्रेस काउन्सिललाई आग्रह

काठमाडौं । अन्तरराष्ट्रिय सञ्चार संस्था बीबीसीले भदौ २३ र २४

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)

बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर

आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता

काठमाडौ। नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र साउदीको