१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

बुटवलमा घरमै आइसोलेसनमा बस्ने संक्रमितहरु बढ्दै, उपमहानगर प्रमुख औषधी बोकेर संक्रमितको घरघरमा(आहार तालिका सहित)



बुटवल । कोरोना संक्रमितहरु स्थानीय तहले बनाएको आइसोलेसनमा नगएर घरमै सेल्फ आइसोलेसनमा बसेपछि बुटवल उपमहानगरका नगर प्रमुख संक्रमितहरुको घरघर पुगेर स्वास्थ्य लाभको कामनासहित औषधी दिएर फर्केका छन् ।

बुटवलमा ५० बढी संक्रमितहरु स्थानीय तहको आइसोलसनमा नगएर सेल्फ आइसोलेसनमा बस्ने निर्णय गरेपछि नगर प्रमुख शिवराज सुवेदी भिटामिन औषधीको मात्रा, जडिबुटी, आयुर्वेदीक औषधी सहितको टुल्स बनाएर संक्रमितको घरघर पुगेका छन् ।

घरको आइसोलेसनमा बस्दा अपनाउनु पर्ने स्वनियमन र दिनचर्याको रुटिन बनाएर संक्रमितको स्वास्थ्य लाभको कामना सहितको पत्र समेत सुवेदीले संक्रमितलाई दिएका छन् ।

बुधबार बुटवल उपमहानगरका विभिन्न वार्डमा होम आइसोलेसनमा बसेका २७ संक्रमितलाई औषधी सहितको स्वास्थ्य लाभको शुभकामना पत्र बुझाईएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

संक्रमितको हौसला बढाउन तथा आहार बिहारको जानकारी दिई कोरोनासँग लड्ने आत्मबल प्रदान गर्न संक्रमितको घरघर पुगेको उपमहानगर प्रमुख सुवेदीले बताए ।

नगरका प्रमुखकै नेतृत्वमा आयुर्वेद ओखतीसहित संक्रमितको घरदैलोमा पुगेर हौसला बढाउने र स्वास्थ्य लाभको कामना गर्ने यो नयाँ तरिका नेपालमै पहिलो पटक बुटवलमा सुरु भएको छ ।

बुटवल उपमहानगरमा २४ महिला र ३४ पुरुष घरमै आइसोलेट भएर बसिरहेकाछन् ।

सरकारले गठन गरेको केन्द्रीय कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले संक्रमितहरु सरकारले ताकेको मापदण्ड पुरा गरेर घरमा आइसोलेसनमा बस्न पाउने ब्यवस्था गरेको छ ।

सीसीएमसीले ताकेको मापदण्डमा घरमा आइसोलेसनमा बस्ने संक्रमित हरेक दिन स्वास्थ्यकर्मीको निगरानीमा बस्नु पर्ने र स्वास्थ्य अवस्थाको बिवरण हरेक दिन स्वास्थ्यकर्मीलाई दिनु पर्ने ब्यवस्था गरिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले घरमा आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्य निगरानी गर्ने स्वास्थ्यकर्मीलाई बिषेश भत्ताको पनि व्यवस्था गरेको छ । लक्षण सहितको संक्रमितहरु भने सेल्फ आइसोलेसनमा बस्न नपाउने प्रावधान सीसीएमसीले बनाएको छ ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ८ : ३० बजे

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३

बाँकेमा मदिरा पिउन र किन्न/बेच्न निषेध

नेपालगन्ज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रशासनले

बीबीसीको रिपोर्ट हटाउन आयोगको प्रेस काउन्सिललाई आग्रह

काठमाडौं । अन्तरराष्ट्रिय सञ्चार संस्था बीबीसीले भदौ २३ र २४

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)

बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर