६ श्रावण २०८३, बुधबार | July 22, 2026

तीज पर्वलाई पारिवारिक रूपमा मात्रै मनाउन मुख्यमन्त्री पोखरेलको अपील



बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले यसपटकको तीजलाई पारिवारिक रुपमा मात्रै मनाउन अपील गरेका छन् ।

तीज पर्वको अवसरमा मुख्यमन्त्री पोखरेलले बिहीबार शुभकामना विज्ञप्ती जारी गर्दै तीज जस्ता पर्वमा ठूला खालका जमघटले जोखिम बढ्ने भएकाले त्यस्ता जमघट नगरी परिवारभित्रै मनाउन आग्रह गरेका हुन् ।

कोभिड—१९ को महामारीलाई जितेपछि आगामी वर्षको तीज पर्वलाई विगतमा झै भव्य ढंगले मनाउने बताउँदै पोखरेलले भनेका छन्, ‘कोभिड—१९ को जोखिम न्युनिकरणका लागि गरिएको लकडाउन र निषेधाज्ञाको पूर्णतः पालना गरेर अघि बढौं ।’

लकडाउन र निषेधाज्ञाको पालनाले आफू, परिवार र समाजमा जोखिम कम हुने भएकाले आफू पनि पालना गरौं, अरुलाई पनि पालनाको लागि प्रेरित गर्न पोखरेलले आग्रह गरेका छन् ।

विज्ञप्तीमा उनले भनेका छन्, ‘हामी केही महिनादेखि दैनिकी कठीन रुपमा गुजारीरहेका छौं । विश्व महामारीको रुपमा फैलिएको कोभिड—१९ [कोरोना भाइरस] को असरले सिंगो समाज पिल्सिएको छ । कोभिड—१९ को जोखिमबाट नागरिकलाई जोगाउन तहगत सरकारहरुले काम गरिरहेका छन् ।’

नागरिकको सार्थक सहयोगबाट मात्रै माहामारीलाई जित्न सकिन्छ बताउँदै उनले कोरोना विरुद्धको संघर्षलाई परिणाममुखी बनाउन सबैले सामाजिक दुरी कायम गर्दै दैनिकी अघि बढाउन आवश्यक रहेको उनले बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले हरितालिका [तीज] पर्व पारिवारिक मिलन गराउने र सामाजिक सद्भाव बढाउने पर्व भएको विश्लेषण गरेका छन् ।

‘पारिवारिक र सामाजिक सामिप्यता बढ्दा मुलुकमा विश्वासको बातावरण बन्छ, जसले राष्ट्रिय एकता र मेलमिलाप बढाउन मद्दत गर्छ,’ पोखरेलले भनेका छन् ।

युगौंदेखि नेपालमा मौलिक ढंगले मानिदै आएको यो पर्वले सामाजिक र राजनीतिक जागरण ल्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले भनेका छन्,
‘जहाँनिया राणा शासन, निरकुंश पञ्चायती व्यवस्था र शाही शासनको कठीन दिनहरुमा परिवर्तनका लागि नेपाली महिलाहरुले ठूलो संघर्ष गरे । संघर्षलाई सार्थक बनाउन तीज पर्र्व महत्वपूर्ण साधनका रुपमा प्रयोग भएको स्मरण गर्दछु ।’

‘जनाधिकार कुण्ठित गरिएको ती काला दिनमा महिलाले तीज गीतमार्फत तत्कालीन राज्यव्यवस्थाविरुद्ध जनमत बलियो बनाउन निकै ठूलो भूमिका खेलेको सबैका सामु छर्लङ्ग छ,’ पोखरेलको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘तीज पर्व मार्फत राजनीतिक जागरण ल्याएर नागरिकलाई संगठित गर्दै निरकुंश राज्यसत्ता विरुद्ध आन्दोलन भयो । समाजमा आएको राजनैतिक जागरण र संगठित अभियानले आन्दोलन उत्कर्षमा पुगेर अहिलेको परिवर्तन संभव भएको हो ।’

पोखरेलले जनचाहना र जन आकांक्षाअनुसार परिवर्तनलाई संस्थागत गर्ने अभियानमा तीज पर्वले सार्थक भूमिका खेल्ने अपेक्षा गरेको जनाएका छन् ।

उनले भनेका छन्, ‘राज्यको माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेर नेपालको संविधान विश्वमै नमूना भएको छ ।’

मुख्यमन्त्री पोखरेलले विगतका संघर्षबाट प्राप्त उपलब्धीको सही प्रयोग गरेर समतामुलक र समावेशी नेपाली समाज निमार्णको अभियानमा सबै जुट्न अपील पनि गरेका छन् ।

पोखरेलले तीज पर्वको अवसरमा देशविदेशमा रहने सबै महिला दिदीबहिनीलाई शुभकामना पनि दिएका छन् ।

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  ११ : २१ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको