१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पीसीआर रिपोर्ट नेगेटिभ तर सामाजमा बहिष्कार



दमौली । पीसीआर रिपोर्ट नेगेटिभ आउँदा पनि तनहुँको भानु नगरपालिका–११ मा नगरपालिकाका एक प्राविधिक र स्वास्थ्यकर्मी नै सामाजिक बहिष्कारमा परेका छन् ।

एकैसाथ स्वाब सङ्कलन गरिएकासँगै काम गर्ने एक इन्जिनियरलाई कोरोना पोजिटिभ देखिएपछि वडा अध्यक्ष र टोल विकास संस्थाका अध्यक्षसहितका गाउँलेले ती प्राविधिक र उनलाई घरमा आश्रय दिने उनकी दिदीलाई सामाजिक बहिष्कार गरेको पीडितहरूले बताएका छन् ।

पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएका नगरपालिकाका ओभरसियर सन्दीप अधिकारी र उनकी दिदी रुपाकोट स्वास्थ्य चौकीमा कार्यरत अनमी अन्जना अधिकारी पौडेललाई टोल विकास संस्थाले नै निर्णय गरेर घर भित्रै नजरबन्द गरेको छ । आफ्नो रिपोर्ट नेगेटिभ आए पनि अधिकारी केही दिन क्वारेन्टाइनमा बस्ने गरी घर आएका थिए ।

तर आफ्नो घर साँघुरो भएको कारण नजिकै रहेको दिदीको घरको धन्सारमा बस्न अधिकारी गएका थिए । तर गाउँलेहरूले कोरोना सङ्क्रमितसँग बसेर आएको भन्दै अधिकारीलाई घरमा नराख्न आफूलाई दबाब दिएको अन्जनाले बताइन् ।

भाइको लागि छुट्टै धारा र शौचालयको व्यवस्था गरेकी थिएँ’, अन्जनाले भनिन्, ‘तर गाउँलेहरूले भाइलाई घरमा बस्न दिएको भन्दै मलाई पनि घरबाट बाहिर ननिस्कन दबाब दिनुभयो ।’ वडा अध्यक्ष तारानरेश पौडेलको उपस्थितिमा भएको टोल विकास संस्थाको बैठकले नै आफूलाई पनि घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको उनले बताइन् ।

आफू स्वास्थ्य संस्थामा कार्यरत रहेको र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेको बताउँदा पनि टोल विकास संस्थाका पदाधिकारीले घरबाट बाहिर निस्कन नदिएको, पशु चौपायलाई घाँस पानी हाल्न जान पनि नदिएको गुनासो गरिन् । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  ७ : २८ बजे

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र