५ श्रावण २०८३, मंगलबार | July 21, 2026

पीसीआर रिपोर्ट नेगेटिभ तर सामाजमा बहिष्कार



दमौली । पीसीआर रिपोर्ट नेगेटिभ आउँदा पनि तनहुँको भानु नगरपालिका–११ मा नगरपालिकाका एक प्राविधिक र स्वास्थ्यकर्मी नै सामाजिक बहिष्कारमा परेका छन् ।

एकैसाथ स्वाब सङ्कलन गरिएकासँगै काम गर्ने एक इन्जिनियरलाई कोरोना पोजिटिभ देखिएपछि वडा अध्यक्ष र टोल विकास संस्थाका अध्यक्षसहितका गाउँलेले ती प्राविधिक र उनलाई घरमा आश्रय दिने उनकी दिदीलाई सामाजिक बहिष्कार गरेको पीडितहरूले बताएका छन् ।

पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएका नगरपालिकाका ओभरसियर सन्दीप अधिकारी र उनकी दिदी रुपाकोट स्वास्थ्य चौकीमा कार्यरत अनमी अन्जना अधिकारी पौडेललाई टोल विकास संस्थाले नै निर्णय गरेर घर भित्रै नजरबन्द गरेको छ । आफ्नो रिपोर्ट नेगेटिभ आए पनि अधिकारी केही दिन क्वारेन्टाइनमा बस्ने गरी घर आएका थिए ।

तर आफ्नो घर साँघुरो भएको कारण नजिकै रहेको दिदीको घरको धन्सारमा बस्न अधिकारी गएका थिए । तर गाउँलेहरूले कोरोना सङ्क्रमितसँग बसेर आएको भन्दै अधिकारीलाई घरमा नराख्न आफूलाई दबाब दिएको अन्जनाले बताइन् ।

भाइको लागि छुट्टै धारा र शौचालयको व्यवस्था गरेकी थिएँ’, अन्जनाले भनिन्, ‘तर गाउँलेहरूले भाइलाई घरमा बस्न दिएको भन्दै मलाई पनि घरबाट बाहिर ननिस्कन दबाब दिनुभयो ।’ वडा अध्यक्ष तारानरेश पौडेलको उपस्थितिमा भएको टोल विकास संस्थाको बैठकले नै आफूलाई पनि घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको उनले बताइन् ।

आफू स्वास्थ्य संस्थामा कार्यरत रहेको र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेको बताउँदा पनि टोल विकास संस्थाका पदाधिकारीले घरबाट बाहिर निस्कन नदिएको, पशु चौपायलाई घाँस पानी हाल्न जान पनि नदिएको गुनासो गरिन् । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  ७ : २८ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले